नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
काठमाडौं- बागमती प्रदेशका ७३ वर्षिय ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।
ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नेछन् ।
प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकी सां...
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको कसुरमा हुने जरिवाना बढाएको छ। यसअघि न्युनतम ५०० नेपाली रुपैयाँबाट सुरु हुने जरिवाना अब १००० रुपैयाँबाट हुने भएको छ।
क) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु:
- दर्ता नगरी सवारी चलाएमा।
- विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा।
- बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा।
ख) रु.१००० जरिवाना हुने कसुरहरु:
- सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको।
- सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको।
- दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्याएको/सम्पर्कमा नआएको।
- मादक पदार्थ सेवन गरी सवारी चलाएको।
- सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा।
- सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढ...
प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सुकुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधि...
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।
यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।...
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
लेखक - उपेन्द्र तिमिल्सिना
कागेश्वरी मनोहरा -५ , काठमाडौं
बाँचेको छु
तिम्रो शहरमा
एक मुठ्ठी श्वास बोकेर
मान्छे भित्र मानव खोज्दै
भौतारिदै र लतारिदै
अभागी जुत्ताको
तलुवा खियाउँदै
बाँचेको छु !
उही तिम्रो शहरमा !
भोक त भूलीसकेछु
प्यास मेटाउने तिर्सनामा
थकान त के भयो र !
पाटी पौवा नै लिलामीमा चढेपछी !
खिस्स दाँत देखाएरै भए पनि
अभाव त झन् छोपेकै छु !
तर पनि म बाँचेको छु
उही तिम्रो शहरमा !
दौरा सुरुवाल लाएर पनि
नाङ्गै देखिने भिडहरुमा
झुत्रो मुत्रो लाएर पनि
लाज त ढाकेकै छु !
शान्तिको धुन बजाउँदै
न्याय कुल्चने शहरमा
आफ्नै लागि कात्रो बोकेर
म बाँचेको छु!
मुर्दा शान्ति छाएको
उही तिम्रो शहरमा !!
...
सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको बताएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको औपचारिक निर्णय प्राप्त भएलगत्तै संसदको अधिवेशन आह्वान हुने जानकारी दिए।...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिनुहुँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भने, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।”
नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या ...
महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा उहाँले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताउनुभयो । उहाँको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ ।
प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उनी २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए । उनले १७ महिना १० दिन काम गरे । शेरबहादुर देउवा प्रधानमन्त्रीबाट बिदा भएसँगै उनी पनि पदबाट बिदा भएका हुन् ।
...