Friday, August 28
Shadow

Author: Interview Nepal

पुस १७ देखि त्रिविमा  बिदा

पुस १७ देखि त्रिविमा  बिदा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताउनुभयो । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । ...
बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
लेखक - गौरी दवाडी , नेपाली काङ्ग्रेस वाग्मती प्रदेश समिति सदस्य २००७ फागुन ७ गते राजा त्रिभुवनले राष्ट्रको नाममा दिएकाे सम्बाेधनले राणामा रहेकाे शासन शत्ता राज शाहीमा स्थानानतरण भयाे । याे प्रजातन्त्र हाे भन्न कांग्रेस बाध्य भयाे। राणा शाशनबाट मुक्त भएर प्रजातन्त्र स्थापना गर्ने काग्रेशकाे रणनीति अन्तर्गत आन्दोलन त्यतिबेला कमजाेर भयाे, जतिबेला राजामा अधाेषित सार्बभाैम शत्ता निहित गरेर श्री ३ माेहन शमशेर राणाकाे प्रधानमन्त्रीत्वमा कांग्रेस सहितको मन्त्री मण्डल बन्याे । २००७ सालकाे दील्ली सम्झाैताले नेपालमा तीन राज्यशक्तिकाे स्थापित गरिदियाे राजा, राणा र कांग्रेस । १०४ बर्ष शासनशत्ता भाेग गरेकाे राणा वंशाणुगत दुई शताब्दी देखि पुजिदै आएकाे राजा र भरखराै आनदाेलन गरेर जन्मेको कांग्रेस । राजा र राणा शत्ताधारी सगाेत्रीय पक्ष गाेरखा परिषद र राजाकाे अन्तरसमन्वय हुना साथै काङ्ग्रेसको शक्ति क...
नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

नेपाल स्रष्टा समाजले साकार र पराजुलीलाई सम्मान गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, साहित्य/कला
काठमाडौं, पुस ११ गते । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गर्ने भएको छ । यसैगरी, वि.सं.२०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १११ रुपियाँ रहेको छ । साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेलले ले आफ्नो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छुक, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जानकारी कार्यसमिति सदस्य माधव बिडारीले दिनुभयो ।...
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो । भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि वीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेशमै फर्कनुभएको हो । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।    
राजस्व संकलनमा देखिएका समस्याहरूको पहिचान र परिचालनमा ध्यान दिनु पर्ने कुरा

राजस्व संकलनमा देखिएका समस्याहरूको पहिचान र परिचालनमा ध्यान दिनु पर्ने कुरा

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
लेखक -डा. दिलनाथ दंगाल                                            राजस्व संकलनमा देखिएका समस्याहरूको पहिचान दक्ष जनशक्तिको अभाव हुनु, कर र राजस्ब निर्धारण सम्बन्धी ज्ञान, सिप र क्षमताको अभाव हुनु,राजस्व सम्बन्धी ऐन, नीति, नियम, कार्यविधि तथा अन्य कानुनहरूको तर्जुमा समयमा नहुनु, राजस्वसँग सम्बन्धित रहेर अध्ययन अनुसन्धान नहुनु मुख्य समस्या हुन् । यस्तै छिमेकी पालिकाहरूको अनुभव प्रयोग हुन नसक्नु, सोचे अनुसार करका दायराहरू फराकिलो पार्न नसक्नु, राजस्व परामर्श समिति पूर्ण रूपमा सक्रिय नहुनु, आर्थिक ऐनलाई समय अनुसार परिमार्जन गर्न नसक्नु, कर र राजस्वसँग सम्बन्धित रहेर यसको अनुगमन, मूल्यांकन, नियन्त्रण र अभिलेखीकरण हुन नसक्नु थप समस्या हुन् । करका दरहरू निर्धारण गर्दा करका विज्ञ, नीति निर्माता र सम्बन्धित सरोकारवालाहरूसँग प्रसस्त छलफल र अन्तरक्रिया नहुनु जस्ता समस्याहरू राजस्व संकलनमा देखिएका ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
मधेस प्रदेशमा आज ज्येष्ठ सदस्यको शपथ ग्रहण

मधेस प्रदेशमा आज ज्येष्ठ सदस्यको शपथ ग्रहण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्नुहुने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिनुभयो । ...
दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक–फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताउनुभयो । आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ । नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जना...
केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा :  राप्रपा

केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।...