Tuesday, April 23
Shadow

बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो


  • -इ
  • इ+

लेखक – गौरी दवाडी , नेपाली काङ्ग्रेस वाग्मती प्रदेश समिति सदस्य

२००७ फागुन ७ गते राजा त्रिभुवनले राष्ट्रको नाममा दिएकाे सम्बाेधनले राणामा रहेकाे शासन शत्ता राज शाहीमा स्थानानतरण भयाे । याे प्रजातन्त्र हाे भन्न कांग्रेस बाध्य भयाे। राणा शाशनबाट मुक्त भएर प्रजातन्त्र स्थापना गर्ने काग्रेशकाे रणनीति अन्तर्गत आन्दोलन त्यतिबेला कमजाेर भयाे, जतिबेला राजामा अधाेषित सार्बभाैम शत्ता निहित गरेर श्री ३ माेहन शमशेर राणाकाे प्रधानमन्त्रीत्वमा कांग्रेस सहितको मन्त्री मण्डल बन्याे ।
२००७ सालकाे दील्ली सम्झाैताले नेपालमा तीन राज्यशक्तिकाे स्थापित गरिदियाे राजा, राणा र कांग्रेस । १०४ बर्ष शासनशत्ता भाेग गरेकाे राणा वंशाणुगत दुई शताब्दी देखि पुजिदै आएकाे राजा र भरखराै आनदाेलन गरेर जन्मेको कांग्रेस । राजा र राणा शत्ताधारी सगाेत्रीय पक्ष गाेरखा परिषद र राजाकाे अन्तरसमन्वय हुना साथै काङ्ग्रेसको शक्ति क्षीण भयाे । अन्तर सङ्धर्षका कारण काग्रेस मूलधार शत्ताबाट बाहिरन समय लागेन ।
संविधानको निर्माण संविधान सभाकाे चुनाब बाट हुनुपर्छ भन्ने काङ्ग्रेसको मागको बदलामा राजाकाे सार्बभाैम अधिकार रहेको त्रिभुबनले जारी गरेकाे संविधान मान्न काग्रेस बाध्य भयाे । त्यो संविधान बाट पनि जनताको अधिकारको रक्षा गर्न काङ्ग्रेसले २०१४ सालमा भद्रअभज्ञा आन्दाेलनकाे बलमा २०१५ सालमा सम्सदकाे चुनाब गर्ने संविधान देशले पायाे ।त्यसपछिको चुनावमा बीपी काेईरालाकाे सरकार बन्यो । तर राजा लगायत अन्य षड्यन्त्रको शिकारमा परि बिपि को सरकार १८ महिनामा नै अपदस्थ भयाे ।
अपदस्थ मात्रै गरिएन प्रथम प्रधानमन्त्री वीपी काेइराला जेल मा कोचिनु पर्‍यो । यी सबै परिघटनामा देशकाे आन्तरिक कारणले मात्र घटेका थिएनन् । यसमा छिमेकी देश हरुकाे पनि संलग्नता रहेको थियो ।
बीपी काेइराला लाई मात्रै जेल लगिएन काग्रेका हजाराै नेता थुनिए , नजर बन्दी भए , यातना भाेगे सामान्य समर्थक काे पनि सर्बस्स्व हरण गरियाे । कति मारिए लेखाजाेखा रहेन ।राजा महेन्द्रकाे एकदलीय शासन चल्याे । काग्रेस लाई अराष्ट्रीय तत्व धाेषणा गरे संगै पञ्चायती ब्यबस्थाको उदय भयो ।
धेरै कांग्रेसजन निर्वासन गए पछि वीपी , गणेशमान, कृष्णप्रसाद भट्टराईपनि निर्बासन जाने शर्तमा जेल मुक्त गरियेा। निर्बासनमा भारत गए ।
नेताहरुलाई बिश्वास थियाे, आफुले भारतकाे स्वतन्त्रताकाे लडाईका बगाएकाे रगत पसिनाकाे गुन भारतले पक्का तिर्छ र नेपालमा प्रजातन्त्र पुनर्थापना हुन्छ । तर भारतीय बातबरण अनुकुल हुनुकाे सट्टा झनझन प्रतिकूल हुन पुग्याे । ईन्दिरा गान्धी शासन र भारतकाे इमर्जेन्सी समयमा नेपालका काङ्ग्रेसका नेतालाई भारत छाडन झनै बाध्यकारी बनायो । समाजबादी नेताहरुकाे समिप्यतामा रहेका नेपाली लाेकतन्त्र पक्षधर नेता तत्कालीन भारत सरकारको आखाको कसिङ्गार झै हुन गए । भारत सरकारबाट सहज हाेलाकी भन्नेअबस्थानै नरहे पछि भारत प्रबास अर्थहिन भयाे । नेपाल फर्किएर लाेकतन्त्र स्थापनाकाे लडाई नेपालमा भएका राज्यशक्तिसङ्ग सहकार्यका साथ लडनु बाहेक अर्काे बिकल्प नेपली कांग्रेस सङ्ग नरहेकाे कारणले मेलमिलाप नीतिकाे दीर्घकालीन याेजना लिएर जाेखिम माेल्नपरेपनि , ज्यान नै कुर्वान गर्ने मानसिक तयारीका साथ २०३३ साल पाैस १६ गते वीपी नेपाल आउनुभयाे।
मेलमिलाप नीतिका अर्काे पक्ष, प्रजातन्त्रकाे स्थापनामा देशभित्रकै राज्यशक्ति बिच सशहकार्य गरेर देशभित्रैबाट यसकाे नेतृत्व हुन पर्ने रहेछ । परदेशमा बसेर अरुकाे आडमा गरेकाे उपलब्धिकाे भाग अरुले खाज्ने रहेछन भन्ने निष्कर्षमा वीपी कोइराला पुग्नुभयाे ।
राजालाई देशभीत्रनै राजनीतिक जनदबाब सृजना गरेर प्रजातन्त्र स्थापना गर्न बाध्यपार्नु पर्छ, याे तरिका सही हुन सक्छ त्याे दिगाे हुन्छ भन्ने मान्यतामा बिपि पुग्नुभो र मेलमिलापको नीतिमा वीपी कोइराला अगाडि बढ्नुभो। यसैका लागि वीपी ले राजासङ्ग आफ्नो घाँटी जोडिएको आसय दिएर नरम नीति दर्शाउनु भयाे।
नेपाल आगमन पछि वीपीको मेलमिलाप नीतिका आधारमा राजा , पन्च र अरु राजनीति शक्ति सङ्ग समेत सहकार्य गरेर बिस्तारै प्रजातन्त्रकाे ढाेका खोल्दै जनतालाई पजातन्त्रको पक्षमा सुसूचित गराउदै अगाडि बडने याेजना अनुसार काेजाग्रत पूर्णिमाका दिन सबै राजनितीज्ञलाई आमन्त्रण गरेर चीयापान गर्ने कार्यक्रमले राष्ट्रिय रुप धारण गरेकाे थियोे । वीपीकाे याे नीतिले वीपी देशमा आएपछि सुषुप्त रहेकाे कांग्रेसको सङ्गठन ब्युतिदै आयाे । राज्यशक्ति सङ्ग मेलमिलाप पनि बिस्तारित हुँदै लाेक सम्मत बातावरण निर्माण हुँदै गए । वीपी प्रबासबाट फर्केकाे तीन बर्षमानै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिजन्य दबाव सृजना भई देशमा राजाद्वारा जनमत संग्रह घाेषणा हुन पुग्याे। सुधारिएकाे पञ्चायत वा बहुदलीय ब्यबस्था भनेर जनमत सङ्ग्रह भयाे । यसरी प्रजातन्त्रकाे खुडकिला अगाडि बढाएर वीपी कोइराला आफु यस संसारबाट बिदा लिए । यसरी बिपि कोइरालाले प्रजातन्त्रकालागि लडाई लडन सक्ने अनुकुल परिस्थिति यो देश लाई दिएर जानू राष्ट्रिय मेलमिलाप नीतिकाे मुख्य उपलब्धि हाे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares