राजनीति सत्ताको लागि होइन, सेवाको लागि हो यही प्रमाणित गर्न तयार छु : युवा नेता दिपेन्द्र साह
साउन १२ गते
धनकौल गाउँपालिका नेपाली कांग्रेस सर्लाहीका युवा नेता दीपेन्द्र साह भन्नु हुन्छ ,"राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ ! नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास गर्ने सोचमा छू।हामी नागरिकको सेवामा सर्मपित छौं। हाम्रो काम कर्तब्य केवल सत्ताको कुर्सी मात्र होइन, नागरिक सँगको इमानदार सम्बन्ध पनि हो ,राजनीति के हो र यो किन गरिन्छ भन्ने कुरा बुझ्न आमजनतालाई गाह्रो परिरहेको छ। कसैले राजनीतिलाई पेशा भन्छन्, कसैले समाजसेवा, कसैले व्यापार पनि भन्ने गरेका छन्। वास्तवमा राजनीति पेशा पनि हुन सक्दैन, व्यापार त झन् हुनै सक्दैन।असल राजनीति आफ्नो समाज र राष्ट्रको हितका लागि गरिने सामुहिक कार्य हो, जिम्मेवारी हो। सरल भाषामा भन्नुपर्दा राजनीति भनेको राज्य ...









