Saturday, May 4
Shadow

Author: Interview Nepal

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौँ, २९ फागुन : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ । माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो । पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय य...
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

ब्यानर समाचार 2, समाज
कपिलवस्तु, फाल्गुन २८ इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l मौलाना मशहूद खां ले बताउदै भने एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४५ हो भने रमजानको नवौँ महिना हो ।रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शांति एवम् समृद्धिको कामना सहित शुभकामना दिदै बिशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए।साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउदै रमाजमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त ...
रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

ब्यानर समाचार, समाज
विवाह उमेर पुगेका युवायुवती बिच हुने आत्मीय बन्दन हो । विवाह सामान्य कुरा भएता पनि कुनै कुनै विवाह भने समाजमा फरकपनको हुने गर्दछ । एउटै पेशामा रहेर काम गर्दा सुरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक प्रकारको सफलता नै हो । त्यस्तै सफलताको विवाह दुई रास्ट्र सेवक प्रहरी बिच भएको छ । नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बिचको विवाहको विषयलाइ समेट्न खोजेका छौ । बिष्णुहरि फुयाल जो २०७१ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे । सेवा प्रवेश गर्दा निकै उत्साहित भएका फुयाल प्रहरी संगठनमा अम्बल रहदै आएका छन । उनले ईलाका प्रहरी कार्यालयल चिसापानीको प्रमुख, महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी वृत्त जगातीकोे अपराध अनुसन्धान शाखा प्रमुखरहि सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रहरी भित्रकै कमाण्डो तालिम पुरा ...
बनभोज कार्यक्रममा सहकारी शिक्षा र विश्वव्यापी अभ्यासको बारेमा अन्तरकृया सम्पन्न – वचन साकोस

बनभोज कार्यक्रममा सहकारी शिक्षा र विश्वव्यापी अभ्यासको बारेमा अन्तरकृया सम्पन्न – वचन साकोस

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ – वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोगका स...
प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान

प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्र र सबैभन्दा बढि गिरेको नेताको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए । प्रधानले आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिन्कनको बहुचर्चित भनाई ‘यु क्यान फूल सम अफ द पिपुल अल द टाएम, एण्ड अल अफ द पिपुल सम अफ द टाईम, बट यु क्यानट फूल अल अफ द पिपुल अल अफ द टाईम’ सुनाए । उनले प्रचण्डले अब सबैलाई सधैं मुर्ख बनाउन नसक्ने दाबी गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरुलाई पटक पटक धोका दिनुभएको छ, पहिले ...
वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

वचन सहकारीले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोग...
आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, कपिलवस्तु, फागुन २१ मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरी हरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।यसै सन्दर्भमा सस्थाले बिगत २ बर्षमा गरेका सम्पुर्ण गतिविधिहरुको परियोजना समिक्षा गरेको छ ।उक्त कार्यक्रम नगरपालिकाको सभाहल मा राखिएको थियो। कार्यक्रम आफन्त नेपाल केन्द्रीय कार्यलय बाट आउनु भएको स्वस्तिक अर्याल को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा नगरपालिकाका मेयर रजत प्रताप शाह ज्युको रहेको थियो । कार्यक्रमा बिशिस्ट अतिथि उपमेयर आरती देवी चौधरी ,ससस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरि...
भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद

भन्सार छलीका लाखौं पर्ने अबैध कपडा बरामद

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र कपिलवस्तु, फागुन २० कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट, टिसर्ट, सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ । यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।...
Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

Prime kids Academy Montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिका वडा न ८ मा रहेकाे prime kids academy montessori आठौं स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्यालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माईला प्रदिवकुमार राई ,तारकेश्वर नगरपालिका वडा ८ आठका वडा अध्यक्ष स्यामकृष्णा सापकोटा लगायतकाे उपस्थित रहेकाे थियाे कार्यक्रममा अभिभावकहरूकाे तर्फबाट बलराम पुडासैनी,academy का principal रमेश श्रेष्ठ, बिशेश अतिथि प्रदिप कुमार राई व्याकुल माईल , तारकेश्वर नगरपालिका का उपप्रमुख सिर्जना बुर्लाकाेटि अर्याल मन्तव्य राख्नु भएको थयाे । मन्तव्यमा अभिभावक बलराम पुडासैनीले तारकेश्वर भित्र धेरै बिद्यालयहरू छन् तै पनि गुणस्तरीय शिक्षा ,शिकाई विधिकाे फरकपनले गर्दा मैले आफ्नाे बाबू नानिहरू यश बिद्यालयमा राखेकाे कुरा बताउनु भ...
कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी

कपिलवस्तु साझेदारी बनकाे अध्यक्षमा तिवारी विजयी

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, १६ फागुन । कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिको अध्यक्षमा गंगेशनाथ तिवारी विजयी भएका छन् । साझेदारी बनकाे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । १ सय ५४ मतदाता रहेकाे निर्वाचनमा १ सय ५१ मत खसेकाे थियोे । बुुधबार कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिकाे लागि भएकाे निर्वाचनबाट तिवारीले १ सय २ मत प्राप्त गर्दै साझेदारी बनकाे अध्यक्षमा विजयी भएका छन् । उनकाे निकट प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत मात्र ल्याएका छन् । यस्तै हसमत अलि धुनियाले २ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदमा मिना कुमारी कुर्मी निर्वाचित भएकी छन् । उनले ९७ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मीले ४७ मत प्राप्त गरेकी छन् ।...