शान्ति पुनर्स्थापना गृहको ७५३९ जना लाई परामर्श तथा ३७३ जनाको उद्घार
कपिलवस्तु , कार्तिक १७
जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक लेखा परिक्षण सम्पन्न गरेकाे छ ।
कृष्णनगरकाे हाेटेल दरबारमा आयाेजित समाजिक परिक्षण कार्यक्रममा शाखाले आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न देशबाट शाखाले परामर्श , उद्धार, पारिवारिक पुनर्मिलन तथा विभिन्न अभियानहरुबारे जानकारी गराएकाे थियाे ।
आर्थिक बर्ष २०८१/०८२ मा शान्ति पुनर्स्थापना गृह शाखा कपिलवस्तुले जिल्ला भरिबाट भारत लगायत अन्य मुलुकबाट परामर्श मार्फत उद्धार गरिएका चेलीबेटी ७५३९ छन भने उद्धार गरिएका ३७३ जना रहेका छन । त्यसतै ५ जनामाथि मुद्दा दर्ता समेत गरिएकाे कपिलवस्तु शाखाका प्रमुुख दिनेश तिमिल्सिना ले बताउनुभयाे ।
शान्ति पुनर्स्थापना गृहकाे कपिलवस्तु जिल्लामा कृष्णनगर शाखा, मर्यादपुर सम्पर्क कार्यालय , चाकरचाैडा सम्पर्क कार्यालय र चन्द्राैटामा सम्पर्क कार्यालय मार्फत कार्यसम्पादन गर्दै आ...









