Saturday, May 2
Shadow

Author: Interview Nepal

कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , बैशाख २९  जिल्लाकाे प्रमुख बजार कृष्णनगरमा अहिले टुर  ट्राभल्स नयाँ व्यवसायी आकर्षित हुन लागेका छन । कृष्णनगरमा शान्ति सुरक्षा सुधार हुँदै गएकाले लगानीकाे वातावरण बन्दै गएकाे छ । अहिले नेपाल र भारत भ्रमण गर्न चाहने यात्रीहरुका लागि थुप्रै टुर एण्ड ट्रभल्स संचालनमा आएका छन । कृष्णनगर वडा २ काे मुख्य बजारमा सटही काउन्टर नजिकै नयाँ टुर एण्ड ट्रभल्स कम्पनी संचालनमा आएकाे छ। ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालनमा आएपछि अब नेपाल , भारत लगायत विश्वभरिका ट्रेन , हवाइजहाज , बस लगायतका सवारीसाधनकाे यात्रा टिकट पाइन्छ । कार्यालय समुुद्घाटन समाजसेवी सहिद खांले गर्नुभएकाे थियाे । विगत केही दिनदेखि कृष्णनगर बजारभित्र आधा दर्जनबढी टुर एण्ड ट्रभल्स कम्पनीहरु सेवा दिदै आएका छन ।...
उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

उपत्यकाका स्ववियु सभापतिहरुलाई परिवर्तन अभियान नेपालद्वारा सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए । ००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए । ‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही सम...
इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, बैशाख १७  इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा मन्दिरकाे समुद्घाटन गरिएकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीकाे पहलमा वडा २ तथा नगरपालिकाकाे आर्थिक सहयाेगमा माता दुर्गा मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलश परिक्रमा भएपछि पुजा अर्चना गरि बुद्बबार इप्रका परिसरमा मुर्ति स्थापना गरिएकाे पुराेहित शास्त्री रेशम लाल गैरेले बताउनुभयाे । कृष्णनगर नगरपालिका वडा नं २ को सात लाख पचास हजार बजेट टेन्डर प्रक्रिया बाट मन्दिर निर्माण गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताए। कार्यक्रममा उद...
समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

समाचार
कृष्णनगर, बैशाख १५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना ४० दिने अभियान कृष्णनगरको सभा हलमा कार्यक्रम समापन गरिएको छ। कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, , अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत रहेका थिए। वृहत समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी निरिक्षक सुरज खत्रीले, कार्यक्रममा अपराध रोक्न सबैको दायित्व रहेको, गांउघरमा गएर हामी स्थानीएको सहयोगमा सचेतना गराएको, विद्यालयमा समेत विद्यार्थी हरू...
नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

समाचार
नेपालगन्ज बैशाख १३ गते । बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका प्रोप्राइटर हाजी जाकिर हुसैन हलवाईले आफ्ना आभिभावक आमाबुबा तथा कोहलपुर उद्योग व्यापार संघका पदाधिकारीहरुले संयुक्त रूपमा शनिबार रिबन काटेर उद्घाटन गरेको हो ।विगत दुई दशकदेखि नेपालगन्जमा सफलता पूर्वक सेवा प्रवाह गरि लाखौं सेवाग्राहीको मन जित्न सफल भएका आफ्नो पहिलो शाखाको रूपमा मेरो नेपाल स्टोर नामक कोहलपुर एनटिभी रोडनजिक सञ्चालनमा ल्याएका हुन । प्रोप्राइटर हलवाईले विगत २० वर्षदेखि नेपालगन्जमा सेवा दिदै आएको र अब कोहलपुरका ग्रहकको इच्छा अनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको हो । हलवाईले आजको मितिबाट एकसाता सम्म भाडामा हुलास स्टील, फेमस स्टील, बेलटरा आदिमा १०% विशेष छुटको वयवस्था गरिएको बताए ।उद्घाटन कार्यक्रममा पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, कोहलपुर उद्योग ...
युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी  कान्ग्रेसमा प्रवेश

युवा सघ नेपालका लुम्बिनी प्रदेश सदस्य मुना सिध्दिकी  कान्ग्रेसमा प्रवेश

समाचार
  नवलपरासी बैशाख ११   पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७गुठिसुर्यपुरामा लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ।प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार अाचार्यकाेअध्यक्षता तथा नेपाली कान्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएकाे छ। ।कार्यक्रम मा प्रतापपुर गाउपालिका वडा न ९का नेकपा एमालेकाे भातृ सगठन युवा सघ नेपालकाे लुम्बिनी प्रदेश सदस्य मुन्ना सिध्दिकी नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कान्ग्रेसमा प्रवेश गरेका छन।बिद्यार्थी जीवनकाल देखि नेपाल बिद्यार्थी सघ बाट राजनिति सुरु गरेका सिध्दिकि  पछ्छिलाे समय राजनिती ले माेड लिएपछि उनी नेकपा एमालेबाट राजनिती गर्दै अाएका थिए । केही बर्ष अगाडि एमालेकाे झण्डा लिएर सुरु गरेका राजनितिमाअब मुन्ना सिध...
सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

सशस्त्र प्रहरी बल, कृष्णनगरद्बारा ईनारमा खसेको गाई उद्बार

समाचार
  अजय मिश्र, कृष्णनगर, बैशाख १०  सशस्त्र प्रहरी बल कृष्णनगरले हिजो रात्रि इनारमा खसेको गाइको उद्धार गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगनर नगरपालिका वडा नं ४ रमवापुर स्थित सार्वजनिक पानीको ईनारमा सोही गाँउ  बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खवर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्रयासमा राती  जिवित अवस्थामा गाई उद्बार गरिएको छ। साथै विगतमा पनि विपद्का घटनामा सशस्त्र प्रहरी बलबाट विपद्  सम्बन्धी विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई उद्बार गरेको । सो सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल...
आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, बैशाख ९ आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो। संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको जग हो। हिफ्जुल कुरआनको आरम्भ एक शैक्...
याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, साहित्य/कला
२०८२/०१/०६ गते शनिबार, उपन्यास समाज नेपालको आयोजनामा काठमाडौंको केन्द्र रामशाहपथ स्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए । आख्यानकार माधव बिडारी "चेतनपथ"ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए । करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ 'रोदन', केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी "भमर...
कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

कालीदेवी माध्यमिक विद्यालयकाे ३७औं जन्म जयन्ती सम्पन्न

ब्यानर समाचार 2, शिक्षा, समाचार
चैत ,३० काठमाडौं  तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित कालिदेवी माविले आफ्नाे ३७औं जन्म जयन्तिका अवसरमा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेकाे छ। करिब ७०० जना अभिभावककाे उपस्थिति रहेकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन रहेका थिए । उक्त अवसरमा नगर प्रमुख महर्जनले शिक्षामा लगानी बढाउने उद्घघाेष गरेका थिए । नेपाल सरकारले दिदै आएकाे खाजा रकम रु १५ मा रु १० थप गरि २५ पुर्‍याएको बताए । अब तारकेश्वरका सामुदायिक विद्यालयमा एउटै पाेशाक काेड हुने कुरा पनि जानकारी दिए । कार्यक्रमलाई स्वागत मन्तव्यबाट सम्बाेधन गरेका प्रअ कृष्णप्रसाद ओझाले विद्यालय सबैकाे साथ र सहयाेगबाट अगाडि बढिरहेकाे बताए । अन्तमा विव्यस अध्यक्ष टंक अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम सकिएकाे थियाे ।...