Monday, May 4
Shadow

Author: Interview Nepal

आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

आयो शान्ति श्रीस र प्रकाशको “गल्छी झरेसी” (भिडियो सहित)

मनोरञ्जन, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१७ असार । गायिका शान्ती श्रीस परियार र प्रकाश थापा को सुमधुर स्वरमा “गल्छी झरेसी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्ति श्रीस मगर युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द सुरेश राना मगरको हो भने शेखर मगरले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि ( 1 DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई बिमल ,बिनोदको रेकर्डिङ रहेको र एच बि एन किस्मतले मिक्सिङ्ग/ मास्टिरिङ्ग गरेका हुन् । सर्जुन राईको निर्देशन रहेको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल,समरिका ढकाल,गणेश मान घले,जोन बमले अभिनय गरेका छन् । बसन्त कुँवरको छायांकन रहेको म्यूजिक भिडियोमा सुदिप चौधरीको कोरियोग्राफर र सम्पादन मनोज कार्कीको रहेको छ । गायिका शान्ति श्रीसले  यसअघि  सांगीतिक कोसेलीका रुपमा “फूलजस्तै मेरो जोवन”,“जून तारा” ब...
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं ,असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार (आज ) बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसै विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ । आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदै छ । आजको स्पर्धाका विजेताले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले आठ वटा जित निकाल्दा यूएई ६ वटा खेलमा विजयी भएको छ ।...
पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

मुख्य समाचार, शिक्षा, समाचार
कपिलवस्तु,असार १७ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सि.टि.ई.भी.टी.) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८औं महाधिवेशन सम्पन्न भएको छ । महासंघको राष्ट्रिय अधिवेशनबाट अरुण कुमार पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले शिक्षासेवी पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । १७ सदस्यीय समितिमा बरिस्ठ उपाध्यक्षराम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुँवर, गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे रहेका छन् । त्यसैगरी महासचिव भुवन चक्र जोशी, सचीव ध्रुब शर्मा, कोषाध्यक्ष दोर्ण ओलि सदस्यहरु सिन्धु मल्ल, सु...
भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा

भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा कुवेत र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति (शनिबार) भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । निर्धारित समय र थप गरिएको समयको खेल गोलरहित बराबरीमा टुंगीएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । उता बंगलादेशलाई १–० ले हराउँदै कुवेत यस अघिनै फाइनल प्रवेश गरिसकेको छ । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो । फाइनल खेल मंगलबार हुनेछ।...
आजको मौसम: आज देशभर मेघ-गर्जन,चट्याङसहित पानी पर्ने

आजको मौसम: आज देशभर मेघ-गर्जन,चट्याङसहित पानी पर्ने

मुख्य समाचार, मौसम, समाचार
काठमाडौं ,असार १७ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूम...
आज आइतवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज आइतवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार असार १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १६६ रुपैयाँ २३ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २६ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०५ पैसा र बिक्री दर ०९ रुपैयाँ ०९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०३ पैसा र ...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज १७ असार आइतवार, ०२ जुलाई २०२३ । असार शुक्ल चतुर्दशी पञ्चाङ्ग  शुक्ल गर ज्येष्ठा , विश्व खेलकुद पत्रकार दिवस आज सूर्योदय बिहान ५:११ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०९ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज धर्मकर्म र...
दाङमै स्वास्थ्य चौकी निर्माण गर्न जग्गादान

दाङमै स्वास्थ्य चौकी निर्माण गर्न जग्गादान

मुख्य समाचार, समाचार, स्थानिय तह
महेन्द्र अधिकारी  नुवाकोट,१६ असार । बेलकोटगढी नगरपालिका वडा नं १३ को दाङमै स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माणका लागि स्थानिय समाजसेवि राजेन्द्र कुमार शर्माले १ रोपनी ६ आना जग्गा दान गरेका छन् । उनले उक्त जग्गा स्वास्थ्य चौकीको नाममा गरिदिएका हुन् । जग्गा प्राप्ती संग स्वास्थ्य चौकीको भवन सिलान्यास समेत गरिएको छ । वडावासिको स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी अति आवश्यक थियो । त्यसका लागि पर्याप्त जग्गा नहुदाँ निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । सोहि अवस्थामा स्थानिय समाजसेवि राजेन्द्र कुमार शर्माले आफ्नो अमूल्य जग्गा दान गरि हाम्रो सपना साकार गर्न सहयोग गर्नुभएको वडा अध्यक्ष नवराज पाण्डेले बताए । ...
गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड

गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड

ब्यानर समाचार, ब्यानर समाचार 2
असार १५, पोखरा। अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ। शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां.–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो। सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं.–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो। सो अ...