काठमाडौँ, असार २६ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार आज मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा (नासु) योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
यो सँगै सरकारी लिखित किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।