Friday, May 3
Shadow

मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु


  • -इ
  • इ+

काठमाडौँ, असार २६ । मनाङ एयरको एक हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाकै मृत्यु भएको छ । काठमाडौँ फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा पर्दा सवार सबै ६ जनाकै मृत्यु भएको हो ।

जसमा एक जना पाइलट र बाँकी सबै पाँच जना मेक्सिकोका यात्रु थिए । हेलिकोप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । उनी हेलिकोप्टर पाइलटमध्ये अनुभवी मानिन्थे ।

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमानामा पर्छ ।

सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ । त्यसपछि उडेको हेलिकोप्टर लामजुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares