Wednesday, January 15
Shadow

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन


  • -इ
  • इ+

काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान८ बजेर ३३ मिनेटमा सीता दाहालको निधन भएको जानकारी दिए ।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares