Monday, May 4
Shadow

Author: Interview Nepal

बाँकी छ यो सम्झना : सुमित्रा सुमी

बाँकी छ यो सम्झना : सुमित्रा सुमी

ब्यानर समाचार, मनोरञ्जन, समाचार, साहित्य/कला
काठमाडौं,३० असार। कविता - बाँकी छ यो सम्झना फुल्थ्यो फूल बगानमा रहरिलो बास्ना हवामा छरी । हाँस्थ्यौ पुष्पक प्रेमले वरिपरी आऊ भने झैँ गरी ।। आत्माले प्रेम चुम्दथ्यो प्रकृतिमा स्वयं म बन्दा धरा । माया खोज्दथ्यो प्रेमीको हृदयले प्यूँदै सुधाको सुरा ।। आँखाले मन त्यो चियाउन सधै पर्खी बसेको थियो । ब्यूँझ्यो प्रेम प्रभातबाट बलियो छाया लिई स्वर्गको । गर्थेँ पुष्प र पत्रले हृदयको प्रेमादी सम्बोधन । भन्दे प्यार उनीसितै यतिकुरा गर्दैछु आन्दोलन ।। हेर्दै शौम्य गुलाफको वदनमा गरिरहेँ बन्दना । प्रेमै दिव्य सुवर्ण मेघ सरीको अहा! मीठो कल्पना ।। चिन्ता छैन रङ्गाईदिन्छु सहजै खुशी मिलाईकन । नाता जोर्न म आउँनेछु दिलको आभा उज्यालोसँग ।। टुट्यो सुन्दर जिन्दगी सुनहला सारा खरानी भयो । कस्ले बुझ्दछ वेदना हृदयको यो प्रेममा कष्ट भो ।। आफ्नो हार्दिक देवता पर हुँदा रोईरहे...
गित संगित जीवन जिउनको लागि अत्यावस्यक रश हो: गायक,सर्जक महेश नेपाल

गित संगित जीवन जिउनको लागि अत्यावस्यक रश हो: गायक,सर्जक महेश नेपाल

अन्तरवार्ता, ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं,३० असार। । विगत केहि वर्षदेखि गित संगित क्षेत्रमा लम्किरहेका बहुप्रतिभावान कलाकार/सञ्चारकर्मी हुन् महेश नेपाल। संगीत क्षेत्रमा होमिएका उनि सिन्धुपाल्चोक जिल्ला, साबिक स्याउले  वडा नं ९ ,अहिले चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १ का स्थानिय बासिन्दा हुन् । साँगितिक क्षेत्रमा लागेको छोटो समयमा नै दर्शक स्रोताको मन जित्न सफल भैसकेका उनि बहुप्रतिभाका धनि व्यक्ति हुन् । कुशल सञ्चारकर्मी,गित लेखन, गायन, लय संकलन, म्यूजिक भिडियो निर्देशनमा समेत पोख्त उनि हरेक कलाकारहरुको रोजाईमा पर्ने गरेका छन् ।  प्रस्तुत छ महेन्द्र अधिकारीले ईन्टरभ्यु नेपालका लागि लोक गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालसगँको कुराकानी...... १. तपाईंको विचारमा गित संगीत भनेको के हो ? गित संगित भनेको जीवन जिउनको लागि अत्यावस्यक रश हो । हामी जसरी मुखको स्वादको लागि मीठो खाना खान चाहन्छौँ, जसरी आँखाको लागि सुन...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक आज शनिबार बस्दै छ । एमालेको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने छ । बैठकमा पार्टीको आन्तरिक जीवन, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजनअनुसार कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...
तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा सम्पन्न

तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौं - तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा यही असार २९ गते भानु जयन्तीको अवसर पारी भव्य रुपमा सम्पन्न भएकाे छ । सचिब राजु नेपालकाे सञ्चालनमा, समितिका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षता रहेको थियो । नगर प्रमुख कृष्णहरी महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा काेषाध्यक्ष अर्जुल फुयालले आर्थिक प्रतिवेदन, लेखा समितिका तर्फबाट लेखा सदस्य हाेमनाथ अंगाईले लेखा समितिकाे प्रतिवेदन एवं अध्यक्ष कृष्णप्रसाद ओझाले आगामी वर्षकाे नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए । नगर प्रमुख कृष्णहरि महर्जनले शिक्षा आफ्नाे विशेष प्राथमिकताकाे क्षेत्र रहेकाे जानकारी गरनउदै बजेटकाे कमि हुन नदिने बताए । विशेष अतिथिका रुपमा आमन्त्रित शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पाैडेलले शिक्षण पेशा संसारमानै उतकृष्ठ रहेकाे बताउदै यसलाई मर्यादित बनाउन जाेड दिए । तारकेश्वर ...
परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर न.पा.का एस्ईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान

परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर न.पा.का एस्ईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, २९ असार । परिवर्तन अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका भित्रका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ)उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यकर्म गर्ने भएको छ । भोलि शनिवार बिहान कान्तिपुर ए बि पार्टी प्यालेस बालाजु नेपालटारमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको प्रमुखातिथ्यतामा हुने कार्यकममा , प्रा.डा. भगवान कोइराला , प्रा.डा. विद्यनाथ कोइराला ,तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन ,उपप्रमुख सृजना बुर्लाकोटी, काठमाडौं महानगरपालिका १६ वडा अध्यक्ष मुकुन्द रीजाल , नबिल बैंकका डेपुटि सिईओ सिए मनोज ज्ञवाली सहितको जनप्रतिनिधिको उपस्थितिमा परिवर्तन अभियान नेपालद्वारा यस शैक्षिक वर्ष २०७९मा तार्केश्वर नगरपालिकाका माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मान कार्यक्रम गरिन परिवर्तन अभियान नेपालका एक प्रति...
सोमपालले बनाए एसीसी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक

सोमपालले बनाए एसीसी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, २९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग भिडिरहेको नेपालको ब्याटिङ निक्कै खराब भइरहँदा सोमपाल कामीले अर्धशतक पुरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कमजोर प्रदर्शन लगातार विकेट गुमाइरहँदा सोमपालले केही आशा जगाएका थिए । ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटियो ।...
राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८० पारित

राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८० पारित

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, २९ असार । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार आज बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा पठाइएको छ ।
नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उपाध्यक्ष पाण्डेका अनुसार बैठक ३ दिनसम्म सञ्चालन हुनेछ र आजको बैठकमा एकवर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताएका छन् । पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि  लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छोडेका थिए ।...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।  ...
खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२९ असार । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गौरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘गौरी’ गीतको कोरस आवाजमा  राजन बस्नेत,घनश्यामक्षेत्री,रुपी सिङ्जाली र प्रेमा रानाले साथ दिएका छन् । प्रसाद लामिछानेको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको गीतलाई मिक्सिङ्ग कुमार रानाले गरेका छन् ।  भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गितको अडियो निर्माण मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’को कोरियोग्राफर एवम् निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्ज...