मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत – सम्पादक रोसन कार्की
तीब्र खबरका कार्यकारी सम्पादक रोसन कार्कीले प्रेस काउन्सिलले पुरस्कार दिनेभनेको मिडिया मालिक र मिडिया मालिकाका गुलामी गरेर श्रमजीवी पत्रकारकाे घाँटी निमाेठ्नेहरू काउन्सिलकाे पुरूस्कृत हुने सूचीमा पर्ने गरेका छन भनेर आफ्नो फेसबुक स्टाटस्मा पोस्ट गर्नु भएको छ ।
उहाको स्टाटस यस्तो छ -
याे गणेशले शिव पार्वतीकाे परिक्रमा गरेर खुशी बनाएझै त हाे नी? दु:ख गरेर पत्रकारिता गर्ने, तस्कर, भ्रष्टाचारहरूकाे दैनिक ज्यान मार्ने धम्की, रिपोर्टिङमा जादा बाटाेमै भाैतिक आक्रमणमा परेका पत्रकार याे प्रेस काउन्सिलले चिन्दैन, उसले ज्यानकाे बाजि लगाएर काम गर्ने, दलिय पत्रकारिताभन्दा माथी रहेर काम गर्ने पत्रकार सरकार र काउन्सिलले अझै चिन्दैन । चिन्छ त एनजीओ, आईएनजीओ, सरकारी सेवा सुविधा खाएका, मन्त्रीका कथित सल्लाहकार भएर अकुत रकम संकलन गरेका, गाप, नपामा नक्कली फारम भरेर नक्कली हस्ताक्षर गरेर लाखौं रूपैयाँ असुली...









