Tuesday, April 23
Shadow

चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार


  • -इ
  • इ+

काठमाडौ,मंसिर २१
जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ ।

जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ ।

१. क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ ।

२. हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ ।

३. सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ ।

४. नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ ।

५. मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्छ ।

६. नियमित रुपमा ताजा फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । साथै जाडोमा अदुवा र बेसारको सेवन गर्नु पर्दछ ।

७. शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा राख्नु हुदैँन । शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares