Thursday, April 25
Shadow

राजसंस्था पुर्नवहालीको माग गर्दै २६ गते राजधानीमा प्रदर्शन गर्ने


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २१
राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ । समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो ।

पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’ संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए । उनले भने, ‘यो लडाई बिदेशी दलार र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।

चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध गरे । ‘यो देशमा कोहि पनि सामन्ती छैन राजतन्त्रले नेपाली जनतालाई सामन्ती गरेको छैन, राजा कुनै सामन्ती होइन राष्ट्रको लागि राजा ल्याउन खोजिएको हो,’ उनले भने । उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले बिदेशीको ईसारामा नेताहरु चलिरहेका आरोप लगाए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares