Saturday, April 20
Shadow

ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक


  • -इ
  • इ+
काठमाण्डौँ, मंसिर २१

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

१ बजेका लागि बोलाइएको बैठक साढे १ बजे सुरु हुँदा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्।

बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री उपस्थित नहुने जानकारी गराएका छन्। बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका ८ जना जना नेता सहभागी छन्।

पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री बैठकमा सहभागी हुने कुनै कार्यक्रम नरहेको जानकारी दिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares