Friday, April 26
Shadow

चिकेनको नाम सुन्नेबित्तिकै ६२ दिनदेखि कोमामा रहेका युवा होसमा


  • -इ
  • इ+

काठमाडौ,मंसिर २१
ताइवान कोमामा भएका एक युवक आफ्नो मनपर्ने चिकेनको परिकारको नाम सुन्नेबित्तिकै होसमा आएका छन् ।

६२ दिनसम्म कोमामा रहेका १८ वर्षका चियू चिकेन फिलेटको नाम सुन्नेबित्तिकै कोमाबाट बाहिर निस्किएका हुन् । ताइवानको सिन्चू काउन्टीमा बस्ने चियूको जुलाईमा स्कुटर दुर्घटना भएको थियो । उक्त सडक दुर्घटनामा उनको शरीरको विभिन्न भित्री अंगमा गम्भीर चोट लागेको थियो ।

तोन एन जनरल हस्पिटलको आईसीयूका निर्देशक सेय सुङ सिनले उनलाई निकै गम्भीर अवस्थामा अस्पताल ल्याइएको तथा उनलाई अस्पताल पुर्‍याउँदा उनको कोमा इन्डेक्स तीन रहेको बताएका छन् । अस्पताल ल्याउनेबित्तिकै डाक्टरले उनको तत्काल शल्यक्रिया गरेर स्वास्थ्यलाई स्थीर पार्न सके पनि उनी कोमामा गएका थिए ।

अस्पताल बसाइका क्रममा उनको ६ पटकसम्म शल्यक्रिया गरिएको थियो । अस्पतालकी एक नर्सका अनुसार चियू कोमामा रहेको ६२ औं दिनमा उनका दाइले ठट्टा गर्दै भाइ म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु भनेका थिए । यति भन्नासाथ चियूको पल्स बढ्न थाल्यो र उनी होसमा आए ।

पूर्णरुपमा निको भइसकेका चियू अस्पतालबाट समेत डिस्चार्ज भइसकेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares