Thursday, April 25
Shadow

यी तीन कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध


  • -इ
  • इ+

 

भनिन्छ श्रीमान श्रीमतीको सम्बन्ध जुनीजुनीका लागि हो।

दुवै एकअर्काप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ।

विवाह जस्तो पवित्र बन्धनमा बाँधिएपछि जीवनभर साथ रहने मात्रै नभई हाँसीखुसी समेत रहने प्रतिज्ञा गरिन्छ।

सुखदुःखमा साथ रहने, एकअर्कालाई बुझ्ने र सबै कुरा खुलेर व्यक्त गर्ने। तर केही सीमा यस्ता हुन्छन् जसलाई पार गर्दा घरकलह पैदा हुने र श्रीमानश्रीमतीबीच मनमुटाव हुने गर्दछ।

दुवैको बुझाइ जति नै तगडा किन नहोस् कुनै कुनै कुरा यस्ता हुन्छन्, जसले घरबार त बिगार्छ नै कानुनी उपचारसमेत खोज्नुपर्ने स्थिति आउन सक्छ।
स–साना कुराले पनि पतिपत्नीबीच मनमुटाव हुनसक्छ। मन दुख्न सक्छ।

यी कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध

भाषा

भाषा यस्तो चिज हो यसको सही प्रयोग गरिएन भने मनमुटाव हुनुका साथै सम्बन्धसमेत बिग्रिन्छ।

भनिन्छ जिब्रोको गरिमा मीठो बोलीमा।

बोलीले मान्छेलाई आकर्षित मात्रै गर्दैन। बोलीबाट शब्द चयनबाट उसको व्यवहार र संस्कारसमेत थाहा पाउन सकिन्छ।

शब्दको तागत गोलीभन्दा शक्तिशाली हुन्छ भनिन्छ। तसर्थ बोल्दा सोचविचार गरेर बोल्नुपर्छ। शब्दलाई नियन्त्रणमा राख्नुपर्छ ताकि अर्को मान्छेको चित्त नदुखोस्। उसले असहज महसुस नगरोस्।

यस्ता कुरामा हरेकले ध्यान दिनुपर्छ। पतिपत्नीबीच भलै कुनै बेला हाँसोमजाक होला तर, सधंै होच्याउने हेपेर बोल्नु हँुदैन। यसो गर्दा पारिवारिक सम्बन्ध त बिग्रिन्छ नै कानुनी उपचारमा समेत जानुपर्ने स्थिति आउन सक्छ।

एक शब्दको कारण जिन्दगीभर पछुताउनु नपरोस्। सम्बन्ध नबिग्रियोस।यसबारे सबैले सोच्नुपर्छ। अरुको आत्मसम्मानमा चोट पुग्ने शब्द प्रयोग नगरौं, सभ्य बनांै। यस्तो गर्नाले सम्बन्ध दिगो र दरिलो मात्रै नभई विश्वासिलो समेत बन्छ।

व्यक्तिगत भावना

विवाहपछि पतिपत्नी दुई ज्यानबाट एक हुन्छन्। दुई आत्मा एकै हुन्छ। एक साथ रहँदा दम्पतीहरू समय, ठाउँ र अन्य केही चिजहरु एकआपसमा सेयर गर्छन्।
यसको मतलव एकअर्काको भावना र आत्मसम्मान विपरीत काम गरून्।

दम्पतीले एकअर्काले पर्स, मोबाइल चेक गर्नु साथीभाइ तथा परिवारका अन्य सदस्यसँग बोल्दा शंका गर्नु, सामाजिक सञ्जाल चेक गर्नु, घरपरिवार र साथीभाइसँग जोडिएका कुरालाई खोतल्ने प्रयास गर्नुले सम्बन्ध बिग्रिन सक्छ। यसबारे दम्पती सधैं सचेत हुनुपर्छ।

दम्पतीहरू स्वतन्त्र र खुला विचारका हुनुपर्छ। कुनै समस्या भए एकआपसको सहमतिमा सुल्झाउनुपर्छ।

शारीरिक सम्बन्ध

दम्पतीबीच विश्वास हुनुपर्छ। एकअर्कालाई चिटिङ गर्नु हुँदैन। एकअर्काको भावना बुझेर शारीरिक सम्बन्धका लागि तयार हुनुपर्छ। जबरजस्ती सम्बन्ध राख्ने प्रयास गर्नुहुँदैन। एकअर्काको भावनाको सम्मान गरी आपसी सहमति र समझदारीमा काम गर्नुपर्छ। चाहे आत्मिक होस् चाहे भौतिक।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares