Saturday, August 15
Shadow

Author: Interview Nepal

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २ । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गरेका थिए । बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले यसअघि पाँचौ बैठकमा दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने निष्कर्ष निकालेको छ । बैठकमा नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बध...
सुरु भयो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

सुरु भयो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चले अघिल्लो बुधबार हेर्दाहेर्दैमा राखेको उक्त मुद्दामा थप सुनुवाइ गर्न शुक्रबारका लागि तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासले यी मुद्दा हेर्दै छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ । त्यसपछि मात्रै मूल मुद्दा अर्थात् प्रतिनिधिसभा विघटन संविधानसम्मत हो कि होइन भन्ने विषयमा बहस केन्द्रित हुनेछ । इजलासमा न्यायाधीश मल्ल नयाँ थपिएकी हुन् । बाँकी यसअघिका इजलासमा पनि थिए । अघिल्लो इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेक...
संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा रहेको ‘न्याय मरेको देश’ सार्वजनिक (भिडियोसहित)

संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा रहेको ‘न्याय मरेको देश’ सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २ । गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ। संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोले नारीहरुमाथि घटेका बलात्कार, एसिड काण्ड र छाउ सम्बन्धि कथा बोल्छ। भिडियो सार्वजनिक कार्यक्रममा कलाकार मदन कृष्ण श्रेष्ठले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए। राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ। रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन रहेको छ। भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासुशाही, अनिता पौडेलको अभिनय रहेको छ। ‘न्याय मरेको देशमा’ बोलको गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेकोनिर्देशक श्रेष्ठले बताइन। https://www.youtube.com/wa...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ । साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।...
सुनचाँदीको मुल्यमा वृद्धि, आज तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्यमा वृद्धि, आज तोलाको कति पुग्यो ?

आर्थिक, मुख्य समाचार
काठमाडौँ , माघ २ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कञ्चनपुर, माघ २ । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी दुई वटै मोटरसाईकलका चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा रहेका छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको छ । रातीको स...
कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१४ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ । कुल संक्रमितको २६...
किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २ । सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक वा दुई दिन मात्रै सुनुवाइ गर्ने हो भने विवाद निरुपण हुने प्रक्रिया अझै तन्किन्छ । छिटो छरितोरुपमा सुनुवाइ सके पनि निर्णय आउन थप केही साता लाग्ने देखिन्छ । प्रतिनिधिसभा विघटनका सिफारिसबारे यसअघि सर्वोच्च अदालतमा परेका चारवटा निवेदन एक महिनादेखि २ महिनाभित्र टुंगो लागिसकेको अभिलेखबाट देखिन्छ । २०५१ असार २६ गते प्रतिनिधिसभा विघटन भएकामा सर्वोच्च अदालतले दुई महिनापछि भदौ २७ गते फैसला गरेको थियो । दोस्रो प्रतिनिधिसभा विघटनमा सर्व...
परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं माघ २ । भारतको नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजदेखि औपचारिक बैठक र छलफलमा सहभागि हुँदैछन् । नेपाल(भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली पुगेका हुन् । भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेताहरूसँग पनि भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ । नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड(१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छल...
यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मौसम
  काठमाडौं , माघ २ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले देशभरको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू(भागमा बदली भइरहेको हो । तराईका भू(भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान माघ २ गते (शुक्रबार) दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ...