कपिलवस्तु , जेठ १० । नेपाल शिक्षक महासंघकाे बुद्धभुमी नगरपालिका नगरशिक्षक समिति गठन गरिएकाे छ ।
बुद्ध जयन्तीकाे अवसर पारेर नेपाल शिक्षक महासंघ बुद्धभुमी नगरपालिकाले आयाेजना गरेकाे दाेस्राे अधिवेसनमा शिक्षक माेहन प्रसाद गाैतमकाे संयाेजकत्वमा २५ सदस्यीय नयां कार्यसमिति गठन गरिएकाे छ । नगरप्रमुख केशव कुमार श्रेष्ठकाे प्रमुख अतिथ्यता , नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितिका अध्यक्षकाे विशिष्ट अतिथ्यतामा समपन्न भएकाे हाे ।
नवनिर्वाचित अध्यक्ष माेहन प्रसाद गाैतमले नया कार्यसमितिले शिक्षक हकहित संरक्षण एवं शैक्षिक स्तर सुधारसहित बुद्धभुमी नगरपालिकाभित्रकाे शिक्षामा सुधार गराउने प्रतिवद्धता गर्नुभएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षकले राज्यकाे सेवासुविधा लिदैं गरेकाेले आफ्नाे दायित्वसमेत पूरा गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नगरभित्रका शिक्षा क्षेत्रमा सुधारका लागि के -कस्ता सुझाव सल्लाहहरु हुन्छन सिधै म लाई जानकारी गराउनुहुन अनुराेधसमेत गर्नुभयाे ।
नगरसमितिकाे सह-अध्यक्षमा रमेश कुमार त्रिपाठी , उपाध्यक्ष नारायण अधिकारी, महिला उपाध्यक्ष खिमा झाक्री मगर , सचिव बेदप्रकाश पन्थी, सह सचिव रामप्रसाद उपाध्याय, सहसचिव महिला किरण चाैधरी, अर्थ सचिव टेक भुसाल, सहसचिव संस्थागत अंकुश श्रीवास्तव, दुर्गा प्रसाद अधिकारी लगायत जीवलाल पन्थी, अजय तिवारी, राम सुभाग यादवसहितका सर्वसहमतिमा निर्वाचित भएका हुन ।
कार्यसमितिले पहिलाे बैठकमा अधिवेसन समीक्षा, खाता संचालन तथा शैक्षिक सुधारका एजेन्डामा छलफल गरेकाे छ ।