कृष्णनगरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न
कपिलवस्तु, जेष्ठ ७
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
कृष्णनगर नगरपालिका वडा नं २ का
वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह प्रमुख अतिथिमा, अतिथिमा कृष्णनगर नगरपालिका लेखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्र लगायत रहेका थिए।
वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले जानकारी दिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले स्वास्थ्य मानिसको महत्वपूर्ण पक्ष रहेकाले आफ्नो स्वास्थ्य प्रति सबैले आफै सचेत हुनुपर्ने बताउदै नगर भित्र स्वास्थ्य...









