Monday, January 20
Shadow

निर्जला एकादशीको अवसरमा कृष्णनगरको हनुमान मन्दिरमा प्रसाद वितरण


  • -इ
  • इ+

कपिलवस्तु, अषाढ ४

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ हनुमान टोलमा रहेको यस क्षेत्रकै हनुमानको ठूलो प्रतिमा भएको हनुमान मन्दिरमा आज एक कार्यक्रम बिच प्रसाद वितरण गरिएको छ।

आज कृष्णनगरका स्थानीय युवाहरु निर्जला एकादशी तथा जेष्ठ महिनाको अन्तिम मंगलवारको अवसर पारेर भक्तजन हरूमा प्रसाद वितरण गरिएको छ।

यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा रहेको हनुमान मन्दिर प्रति स्थानीय हरूको ठूलो आस्था रहेको तथा मंगलवार हनुमान चालिसाको पाठ संगै मंगलवारका दिन प्रायजसो प्रसाद वितरण गर्दै आएको स्थानीयले बताएका छन्।

स्थानीय युवा आषिस कौशल, आशिष अग्रवाल, हिमांशु श्रीवास्तव, वृजेश कुमार गुप्ता, बजरंगी गुप्ता, विकाश श्रीवास्तव, विकास चतुर्वेदी, जीवन श्रीवास्तव,लगायत स्थानीय युवा हरूको सक्रियतामा प्रसाद वितरण गरिएको जानकारी गराइएको छ।
स्थानीय युवा, समाजसेवी, भक्तजन, लगायत प्रसाद वितरण मा वृहत सहभागिता जनाएका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares