Thursday, July 18
Shadow

कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस


  • -इ
  • इ+

कपिलवस्तु, अषाढ ७

अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा कृष्णनागर् नागरपालिक नागरिक आरोग्य सेवा केंद्र कृष्णनागर् ले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यास को कर्यक्रम आयोजना गरि अंतर्राष्ट्रीय योग दिवस मनाएको छ।

कृष्णनगर नगरपालिका वडा नं २ को वाडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खेम राज देवकोटाको प्रमुख अतिथ्यतामा संचालित कर्यक्रममा कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रका बरिष्ठ कबीराज हरि लाल उपाध्यायले बिधिवत योग अभ्यास गराएका थिए।

प्रमुख प्रसकीय अधिकृत देवकोटाले शिर्षासन गरि कर्यक्रमको समुद्घाटन गर्नुभयो उक्त अवसरमा आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थता का लागि योग अति अवस्यक रहेको कुरामा जोड़ दिनुभयो।

वडा नं ४ का वडाध्यक्ष घनश्याम बनिया, ११ का वडा अध्यक्ष जीवन श्रीवास्तव आयुर्वेद नगर अभियंता संजय गुप्ता, ४ नं वडा अभियंता विनय गिरी, बरिष्ठ पूर्व शिक्षक चंद्र भान पांडे लगायतका बुद्धिजीवी, समाजसेवी हरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागी हरूलाई स्वागत गर्दै आज पुरा विश्व ले योग अंगाली सकेको र बिश्वभरी एउटै नारा आफु र आफ्नो समाजका लागि योग साथ कर्यक्रम मनाउनको औचित्य बारे प्रष्ट पार्दै अब हामी पनि आफ्नो समाज घर परिवार र आफु आफै दीर्घ कालीन रोग बाट सुरक्षित हुन योगमय हुन जरूरी रहेको बताउनु भयो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares