Friday, August 21
Shadow

Author: Interview Nepal

आज २०७७ माघ २४ गते शनिबारको राशिफल

आज २०७७ माघ २४ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । बृष कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ ।  धार्मिक कार्यमा रूची बढ्नेछ । मिथुन लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ ।  बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । कर्कट लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथि...
बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २३ । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नाग...
आइपिएलको अक्सनका लागि नेपाली ८ खेलाडी भए सुचिकृत

आइपिएलको अक्सनका लागि नेपाली ८ खेलाडी भए सुचिकृत

खेलकुद
काठमाडौँ, माघ २३ । इण्डियन प्रिमियर लिग(आइपिएल)को फेब्रुअरी १८ मा भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा ८ नेपाली खेलाडी सुचिकृत भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइपिएल अक्सनका लागि ८ नेपाली खेलाडी सुचिकृत भएको जानकारी दिएको छ । आइपिएल अक्सनका लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी सुचिकृत भएका छन् । आइपिएल अक्सनका लागि कुल १०९७ खेलाडी सुचिकृत भएको आइपिएल गभर्निंग काउन्सिलले जानकारी दिएको छ । जसमा ८१४ भारतीय खेलाडी रहेका छन् बहने २८३ विदेशी खेलाडी रहेका छन् । विदेशबाट अक्सनमा सुचिकृत हुने खेलाडीहरुमा वेस्टइन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजील्याण्डबाट २१ खेलाडी रजिस्टर भएका छन् । नेपालबाट अहिलेसम्म सन्दीप लामिछाने मात्र आइपिएल खेलेका छ...
खाली पेटमा खानुस् लसुन , हुनेछन यस्ता फाइदा

खाली पेटमा खानुस् लसुन , हुनेछन यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं , माघ २३ । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ । लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ । लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ । लसुन नियमि...
‘देश चुनावतर्फ गयो, अब  सबैकुराको फैसला चुनावले गर्छ ’:  प्रधानमन्त्री ओली

‘देश चुनावतर्फ गयो, अब सबैकुराको फैसला चुनावले गर्छ ’: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उनले देश चुनावतर्फ गएको बताएका हुन् उनले भने , ‘देश चुनावतर्फ गयो गयो, अब चुनावले सबैकुराको फैसला गर्छ ।’दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उनले प्रश्न गरे , ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ रु’ प्रधानमन्त्री ओलीले आफूहरूले अदालत र निर्वाचन आयोगलाई आग्रह गरेको भए पनि दाहाल–नेपाल समूहले धम्कयाएको आरोप लगाए ।उनले लिखित संविधान नभएको देश बेलायतको उदाहरण दिँदै प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरे । साथै ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे । आज नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वक...
गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २३ । गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरिएको छ । पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि।सीको निर्देशन रहेको उक्त गितमा गायक स्वयम योगेश भट्ट र मिनु महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन कृष्ण बाबुले गरेका छन् । सूदुर पश्चिम प्रदेशको कर्णाली चिसापानी क्षेत्रमा गितको छायांकन गरीएको छ । गायक योगेश भट्ट थुप्रै गित बजारमा आई सकेका छन् । गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् । बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट आफुले धेरै आशा गरेको कैलाली खबरलाई बताए । भिडियो हेर्नुहोस्स्:  https://www.youtube.com/watch...
संवैधानिक निकायका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

संवैधानिक निकायका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

ब्यानर समाचार, राजनिती
  काठमाडौँ, माघ २३ । सर्वोच्च अदालतले संवैधानिक अंगमा किन पदाधिकारी नियुक्ति गरेको भन्दै राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार यस्तो आदेश दिएको हो। संवैधानिक आयोगहरूमा असंवैधानिक तवरले नियुक्ति गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमा संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई तत्काल काम गर्नबाट रोक्न पनि माग गरिएको थियो । तर, उनीहरूलाई काम गर्नबाट रोक्न भने इजलासले अस्वीकार गरेको थियो । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयलगायतलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको हो । प्रतिनिधिसभा विघटन भइस...
काँग्रेसले गर्यो सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल

काँग्रेसले गर्यो सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न अपिल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २३ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमका विरुद्ध बन्द लगायतका जनतालाई दुःख दिने काम नगर्न आग्रह गरेका हुन । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली काँग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं ।’ संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउँदा जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न शर्माले आग्रह गरेका छन । यस्तै काँग्रेसले संवैधानिक परि...
राष्ट्रपति भण्डारीद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धि अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धि अध्यादेश जारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको जानकारी दिएको छ । अध्यादेश जारी भएसँगै आउदो आइतबारदेखि सकिन लागेको आयोगको म्याद थप ६ महिना थपिएको छ ।...
घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना

घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना

दुर्घटना, समाचार
माघ २३ सुखड कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको ना ४ ख ९९७३ नम्बरको बस र पुर्व बाट पश्चिम जाँदै गरेको से १ त ४८३८ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किँएको बताइएको छ । बस र ट्याक्टर एक आपसमा ठोक्किँदा मानवीय क्षेती नभए पनि बसमा सवार ४ जना समान्य घाईते भएको इलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताए । ट्याक्टरको अगाडिको भाग फुटेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बस पुर्व पश्चिम राजमार्गमा पल्टेको छ । पश्चिम बाट पुर्ब जाँदै गरेको बसलाई पुर्व बाट पश्चिम जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको बुझिएको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र चालकको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।...