Friday, March 29
Shadow

खाली पेटमा खानुस् लसुन , हुनेछन यस्ता फाइदा


  • -इ
  • इ+

काठमाडौं , माघ २३ । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares