Saturday, August 22
Shadow

Author: Interview Nepal

जाडोमा खानुस् यी मसला, बच्नु हुनेछ रुघाखोकी लाग्नबाट

जाडोमा खानुस् यी मसला, बच्नु हुनेछ रुघाखोकी लाग्नबाट

जिवनसैली, टिप्स, स्वास्थ्य
जाडोको मौसममा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ । भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । यी मसलाहरूको बारेमा थप जानौं । मरिच खानाको स्वाद बढाउनुका साथै मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ । महमा मिसाएर खाँदा स्मरणशक्ति तीखो हुन्छ । जाइफल औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ, भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ । यसलाई घोटेर तातो पानीसँग पिउँदा छेरपटी, रुघा र खोकी निको हुन्छ । तेजपात तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग निको हुन्छ । तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँदा रुघा र खोकी ठीक हुन्छ । सुकेको अदुवा खानासँग सुकेको ...
अब तपाईको आफ्नै शहर कृष्णनगरमा कंक्रीट उद्योग न्यू महावीर ट्रेडिंग कन्सर्न

अब तपाईको आफ्नै शहर कृष्णनगरमा कंक्रीट उद्योग न्यू महावीर ट्रेडिंग कन्सर्न

समाचार, समाज
कृष्णनगर, माघ २४। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सिमेंट र बालुवा बाट तयार गरिएको होलो ब्लाक इटको बिक्री वितरण न्यू महावीर ट्रेडिंग कन्सर्नले सुरू गरेको छ । घर बनाउन बाउन्ड्री गर्न उपयुक्त, ५.५ इट्टा बराबर भएको, जोडाइमा सिमेंट बालुवाको साट्ठी प्रतिशत भन्दा बढी बचत, लेबर खर्च कम, वातावरण मैत्री, अत्याधिक टिकाउ, छिटो छरितो रूपमा निर्माण सम्पन्न, राम्रो इन्सुलेशन गुण भएको होलो ब्लाक को विशेषता रहेको न्यू महावीर ट्रेडिंग कन्सर्नका प्रो। राहुल पाण्डेयले जानकारी दिए । कंक्रीट बाट तयार हुने होलो ब्लाक को बिक्री वितरण सुरु भै सकेको तथा खुद्रा तथा होलसेलमा समेत सुपथ मुल्यमा पाइने कुरा बताउदै अब आफ्नै सहरमा भएपछि ग्रहकहरु अन्त जानु पर्ने आवस्यकता नरहेको जिक्र गर्दै होलो ब्लाक को उत्पादनमा दिनानुदिन वृद्धि गर्ने राहुल पाण्डेय ले बताए। साथै जसलाई आवस्यकता छ उहाँहरू निम्न मोबाइल...
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २४ । धरान सडकखण्डको इटहरी–२ पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकल चालक उदयपुर रूपाटार–२ घर भई इटहरी–८ बस्ने ५० वर्षीय नरजंग मल्ल र उनका बुबा ८२ वर्षीय कुवेरबहादुरको मृत्यु भएको हो । शुक्रबार दिउँसो धरानबाट जाँदै गरेको प्रदेश मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।...
गोरखामा भारी हिमपात :  जनजीवन प्रभावित, कृषक भने उत्साहित

गोरखामा भारी हिमपात : जनजीवन प्रभावित, कृषक भने उत्साहित

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
गोरखा, माघ २४ । उत्तरी गोरखामा गए रातिदेखि वर्षातसँगै भारी हिमपात भएको छ ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ । सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँ लगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिए । उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उनले भने, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म ...
तोकिएको समयमा निर्वाचन हुन्छ , तपाईंहरु ढुक्क हुनुहोस् : अर्थमन्त्री पौडेल

तोकिएको समयमा निर्वाचन हुन्छ , तपाईंहरु ढुक्क हुनुहोस् : अर्थमन्त्री पौडेल

मुख्य समाचार, राजनिती
काठमाडौँ , माघ २४। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने, “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।” सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिवसमेत रहेका उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए । मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे । “केहीले निर्वाचनमा जान...
बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार

ब्यानर समाचार, समाचार
काठमाडौं, माघ २४ । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् । छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ । विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसीरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।...
काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, मागसहित आए सडकमा

काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, मागसहित आए सडकमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २४ । विभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन । शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित प्रदर्शन गरेका हुन् । ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित माइतीघरमा भेला भएका थिए । वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बन्द, हड्तालको नाममा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउन प्रर्दशन गरेको जनाएका छन् । प्रदर्शनमा सहभागी ट्याक्सीचालकहरुले ‘ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, ‘ट्याक्सी व्यवसासीको लगानी सुरक्षित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।...
देशका विभिन्न स्थानमा सवारी दुर्घटनाः ९ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटनाः ९ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २४ । देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । सुनसरीको ईटहरी उपमहानगरपालिक-२ आपगाछीस्थित सडकमा प्रदेश १-०२-०४४ प १२५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका-८ बस्‍ने ६५ बर्षीय कुबेर मल्ल र निजकै छोरा ३५ बर्षीय नुर्जन मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ ठठरियास्थित सडकमा लु।१ त ९१७७ नम्बरको ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका(३ करवानी बस्‍ने २३ बर्षीय मुन्‍ना जोगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्...
बैतडीमा किशोरीको बलात्कारपछि हत्या:  संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग

बैतडीमा किशोरीको बलात्कारपछि हत्या: संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल(नेपाल समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् ।‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको दाहाल–नेपाल समूहले आरोप लगाएको छ । दाहाल–नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो । वि...
कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २४ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्न थाल्दा भत्किएको स्थानीयको भनाइ छ ।...