Thursday, April 25
Shadow

बैतडीमा किशोरीको बलात्कारपछि हत्या: संलग्नलाई कारबाही गर्न दाहाल–नेपाल समूहको माग


  • -इ
  • इ+

काठमाडौँ, माघ २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल(नेपाल समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति गर्दै घटनाले आफूहरु स्तब्ध भएको बताएका छन् ।‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको दाहाल–नेपाल समूहले आरोप लगाएको छ ।

दाहाल–नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलात्कारपछि हत्या भएको थियो ।

विद्यालयबाट घर फर्किदै गरेको बेला १७ वर्षीया किशोरीमाथि कुकृत्य भएको हो । दाहाल–नेपाल समूहले यो घटना पनि दुई वर्षअघि कञ्चनपुरमा बलत्कारपछि हत्या भएकी १३ वर्षीय निर्मला पन्तको झैं गैरजिम्मेवारी नबन्न सरकारलाई आग्रह गरेको छ। यता घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ। बुधबार विद्यालयबाट घर फर्किने क्रममा १७ वर्षीय भागरथी बेपत्ता भएकी थिइन्।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि बिहीवार साँझ ५ बजेतिर लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्।निर्मला हत्याको तीन वर्ष पुग्न लाग्दा पनि हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। यो घटनालाई पनि यसैगरि गुपचुपमा राख्न नपाइने भन्दै कडा आवाज उठ्न थालीसकेको छ ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares