Saturday, April 20
Shadow

बैतडीमा बुबाले गोली हानी गरे छोरीको हत्या, बुवा फरार


  • -इ
  • इ+

काठमाडौं, माघ २४ । बैतडीको पुर्चौडीमा बुबाले आफ्नै छोरीमाथि गोली हानी हत्या गरेका छन् । पुर्चौंडी नगरपालिका–१० का ५५ वर्षीय धनसिंह महराले आफ्नी छोरी २० विनिता महरा धामीमाथि गोली हानी हत्या गरेका हुन् ।

छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका पुरघाट प्रहरीचौकीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको पुरघाट प्रहरीचौकीले बताएको छ ।

विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसीरहेकी र शनिबार बुबाले गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares