मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न
अजय मिश्र, कृष्णनगर भाद्र २१
कपिलवस्तु जिल्लाको कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ।
मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल प्रहरी सशस्त्र प्रहरीको समन्वयमा विभिन्न कार्यक्रम गरि समापन गरेको छ ।
कार्यक्रमको अवसरमा विशेष गरि कृष्णनगर नगरपालिका भित्र रहेका विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगर र संघ सस्थाको सक्रियतामा मानव बेचबिखनको अवस्था र यसबाट सचेत हुने विषयमा विद्यालयमा गई सचेत गराइएको थियो ।
किशोर किशोरी बढी जोखिम हुने देखिएपछी स्कुलमा नै गएर यस्ता सचेतनामुलक स्कुल शिक्षा दिएको खण्डमा प्रभावकारी हुने बुझाई आम सरोकारवाला निकायको रहेको र त्यसको प्रभावकारिता देखेर पनि यस्ता कार्यक्रम गरिएक...









