नेपाली काँग्रेसद्वारा बैतडी घटनाको निन्दा , सत्ता उन्माद नदेखाउन चेतावनी
काठमाडौँ , फागुन ४ । नेपाली काँग्रेसले बैतडी घटनाको निन्दा गरेको छ ।बैतडीको डिलासैनीमा भएको काँग्रेसको विरोध सभामा नेकपाको ओली पक्षले आक्रमण गरेर काँग्रेसका नेता एनपी साउदसहित कैयौं कार्यकर्ता घाइते भएका थिए ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताले नियोजित रुपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।
काँग्रेसले सत्ताको उन्माद नदेखाउन चेतावनी दिदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ ।
काँग्रेसको विज्ञप्ति स:
डिलासैनी घटना निन्दनीय । सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी ।
बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के।पी। शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ ।
नेपाली कांग्रेसका केन्...









