Friday, April 26
Shadow

यस्ता छन् जाडोमा तिल खानुका फाइदा


  • -इ
  • इ+

काठमाडौं । जाडोमा तिल खाँदा स्वास्थ्यलाई अनेकौं फाइदा हुन्छन् । तिलमा भएको पोली स्याचुरेटेड फ्याट्टी एसिड, ओमेगा–६ फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस जस्ता तत्त्वले शरीरलाई निकै फाइदा गर्छ ।

तिलमा हुने मोनोस्याचुरेटेड फ्याट्टी एसिडले शरीरमा कोलेस्ट्रोल स्तर कम गर्छ । मुटुरोग ठीक पार्न पनि यो लाभदायक छ । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ ।

तिलमा भएको क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमले मुटुका मांपपेशीहरूलाई काम गर्न सहायता गर्छन् ।

जाडोमा तिल खाँदा हाडको समस्या हुँदैन । दिनको एक चम्चा खायो भने दाँत बलियो हुन्छ । यसमा फाइबर र एन्टीअक्सिडेन्टको स्तर उच्च हुनाले खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ ।

तिलमा भएको एन्टीअक्सिडेन्टले क्यान्सर कोशिका बढ्नबाट रोक्छ ।

तिलमा पाइने लिपोफोलिक एन्टीअक्सिडेन्टले दिमागलाई बूढो हुन दिँदैन । दिनदिनै ति वा तिलबाट बनेका कुरा खानुभयो भने बुढ्यौली लाग्दा पनि दिमाग तन्दुरुस्त रहन्छ ।

तिलको तेलले छालालाई आवश्यक पोषण दिन्छ र आर्द्रता कायम राख्न मद्दत गर्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares