आज प्रजातन्त्र दिवस! विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा
काठमाडौँ , फागुन ७ । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । विसं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । तर, राणा शासनको अन्त्य भएर प्रजातन्त्र दिवस मनाइए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन । अहिले पनि हाम्रो समाजमा पछौटेपन, थिचोमिचो, विभेद, भेदभाव र कतिपय ठाउँम...









