Wednesday, May 13
Shadow

Author: Interview Nepal

७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात

७ महिनामा १ खर्बको पेट्रोलियम पदार्थ आयात

आर्थिक, मुख्य समाचार
काठमाडौं, फागुन ७ । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याकं अनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले सुधार आएको हो । यस अवधीमा कुल ६९ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।अघिल्लो वर्षको यसै अवधीमा ६४ अर्ब ७९ करोडको मात्रै वस्तु निर्यात भएको थियो । भन्सार विभागको तथ्याकं अनुसार यस अवधीमा वस्तु आयात अघिल्लो वर्षकोे तुलनामा ०।०१ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्ष माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएकोमा यस वर्ष ८ खर्ब ३ अर्ब ६४ करोडको वस्तु आयात भएको हो । यस्तै यसै अवधीमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ ।तर व्यापार घाटा भने ०।६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।यस अवधीमा ८ खर्ब ७३ अर्बको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ । यस अवधीमा ...
भारतमा कोभिड-१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए

भारतमा कोभिड-१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागनु ७ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड ९ लाख ६३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार १९३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ६३ हजार ३९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ६७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३९ ...
इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा

इन्धनमा मूल्यवृद्धिको असर सँगै बढ्यो हवाई भाडा

आर्थिक, मुख्य समाचार
काठमाडौं, फागुन ७ । इन्धनमा मूल्यवृद्धिको असर सँगै हवाई भाडा बढेको छ । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका हुन् । हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले बताए । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । सोही अनुसार इन्धनमा मूल्यवृद्धि भएको हो । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको बताएको छ । अब बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।...
प्रदेश २ का नवनियुक्त प्रमुख झाले लिए पद तथा गोपनियताको शपथ

प्रदेश २ का नवनियुक्त प्रमुख झाले लिए पद तथा गोपनियताको शपथ

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौँ, फागुन ७ । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् ।...
कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , फागनु ७ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ५८३ रहेको छ । हाल आइसोलेसनमा एक हजार ५८३ र क्वारेन्टिनमा ६८ जना छन् । पछिल्लो तथ्यांकानुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।...
सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताए । सरकार जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्नेसमेत प्रधानमन्त्री उनले बताए । उनले भने, ‘‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ । अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आश्वस्त पार्न चाहन्छु ।’’ जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रय...
संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछः प्रचण्ड

संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछः प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्। बाराको सिमरामा भएको कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले अहिले मुलुकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘गण्डागर्दी’ चलिरहेको आरोप लगाएका हुन ।सम्बोधनका क्रममा उनले चुनाव हुनेमा आफूहरुलाई रतिभर विश्वास नभएको बताउँदै संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव नहुने बताए । उनले भने, ‘संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ, यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्छ ।’ यता दाहाल–नेपाल समूहले अब जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकल...
प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक: काँग्रेस (विज्ञप्तिसहित)

प्रदेश प्रमुखको बर्खास्त र नियुक्ति आपत्तिजनक: काँग्रेस (विज्ञप्तिसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ७। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश २ को प्रदेश प्रमुख बर्खास्त र नियुक्तिको विरोध गरेको छ । काँग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध र भत्सर्ना गरेको हो । काँग्रेसले सरकारले प्रदशको गरिमा घटाउने काम गरेको टिप्पणी गर्दै संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति काम नमिल्ने बताएको छ । काँग्रेसले एकातिर निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको काँग्रेसको टिप्पणी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेकी थिइन् । काँग...
प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहसनोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहसनोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ७ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिनेक्रम शुक्रबार सकिएसँगै यस मुद्धाका सबै बहस सकिएका छन् । बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० गतेसम्म बहसनोट बुझाउन आग्रह गरेका छन् ।बहसनोट बुझेपछि संबैधानिक इजलासले यस मुद्धाको फैसला दिने भएको छ । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो । गत पुस ११ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी गत माघ २ गते आदेश भएको थियो । गत पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।अदालतका सहयोगी ९एमिकस क्युरी० मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सति...
आज पनि वर्षाको सम्भावना: यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आज पनि वर्षाको सम्भावना: यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ७ । पश्चिम वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजै दिउँसो उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार दिउँसोसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन ०७ गते (शुक्रबार) दिउँसो: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने स...