Wednesday, May 13
Shadow

Author: Interview Nepal

सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

सभापति देउवा भन्छन्- सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुन्छ

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए । मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए । वरिष्ठ नेता रामचन्...
प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटको बि पि स्मृति भवन उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पुर्व प्रधानमंत्री शेर बहादुर देउवा नुवाकोट जाने भएका छन् । साथै सो कार्यक्रममा अन्य प्रभावशालि नेताहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसि, डा.रामशरण महत, शशांक कोईराला, गगन थापा, प्रदिप पौडेल, बहादुर सिंह लामा लगाएतका नेता उपस्थीत हुने छन् । कार्यक्रम सदरमुकाम विदुरमा मध्यान्न १२ बजे हुने छ ।...
पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ६ सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पस र एन आर कलेजका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । सरकारले अनावश्यक आन्तरिक रुपमा मूल्य वृद्धि गरेको प्रति आपत्ति समेत जनाएका छन् । ...
मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग

मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग

शिक्षा, समाचार, समाज
शहबाज खान, कपिलवस्तु, फाल्गुन ६ लामो समय देखि नेपालमा मुस्लिम समुदायहरुले बसोंबास गरेको लामो इतिहास रहेको छ।मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी लगायतका बिषयहरुमा शिक्षा दिदै आएका छन। अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिई रहेका छन। तर‌ मदरसा हरुमा पढेका विद्यार्थी हरुको भविष्य अध्यारोमा रहेको छ। नेपाल सरकारले मदरसामा पढेका विद्यार्थी हरुको बारेमा अहिले‌सम्मा कुनै पहल‌ पनि गरेको ‌छैन र यदि साउदी र खाड़ी देशहरुले नेपालका मदरसाहरुमा पढेका विद्यार्थी हरु लाई आफ्नो देशमा मान्यता दिए छ भने नेपाल सरकारले ति देशमा जानको लागि एनओसी दिएको छैन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) ले देशलाई नै अस्त व्यस्त बनाइ...
दारी ग्याङको ५ औँ स्थापना दिवस, नुवाकोटमा मन्दिर सफाई गरि मनाईयो

दारी ग्याङको ५ औँ स्थापना दिवस, नुवाकोटमा मन्दिर सफाई गरि मनाईयो

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, फागुन ६ सामाजिक कार्यमा सक्रिय रहदैँ आएको दारीग्याङले ५ औँ स्थापना दिवस मनाएको छ । देशभरका दारीग्याङमा आवद्ध रहेका युवाहरुले विभिन्न सामाजिक कार्य गर्ने क्रममा दारीग्याङ नुवाकोटले भने संरक्षणको अभावमा रहेका दुई मन्दिर सरसफाई र रङ रोगन गरेर मनाएका छन् । स्थापना दिवसको अवसरमा दारीग्याङ नुवाकोटमा आवद्ध रहेका सक्रिय सदस्यहरुको उपस्थीतिमा संरक्षणको अभावमा जिर्ण अवस्था रहेको कानदेवी मन्दिर (बसपार्क गेट संगै) र मनकामना मन्दिर (घण्टा घरको नजिक) सरसफाइ तथा रङ रोगन गरिएको संयोजक सुवास श्रेष्ठले बताए । मन्दिरको लागि आवश्यक रङ रिजाल सप्लार्यसले उपलब्ध गराएको उनले बताए । यस अघि पनि दारीग्याङ नुवाकोट नितान्त सामाजिक कार्यमा सक्रिय रहदैँ आएको छ । ...
अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गर्नु भएको थियो । प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाकाे प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च जान लाग्नु भएको छ । प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्द...
आइपिएलको अक्सन आज, सन्दीपको सम्भावना कस्तो छ ?

आइपिएलको अक्सन आज, सन्दीपको सम्भावना कस्तो छ ?

खेलकुद
काठमाडौँ , फागुन ६ । आगामी सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सन आज हुदै छ । भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचिकृत भएका छन् । आज सबै नेपाली क्रिकेटप्रेमीको नजर सन्दीपको अक्सनमा हुने देखिन्छ । आइपिएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन् । कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजीले किन्ने छन् । जसमा १६४ भारतीय खेलाडी रहेका छन् भने १२५ विदेशी खेलाडी रहेका छन् । त्यस्तै ३ खेलाडी एसोसियट्स देशका रहेका छन् । अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडी...
आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ६ । नेकपा प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले आज दिउँसो ४ बजेदेखि एक घन्टा मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको हो । पूर्वनिर्धारित विरोधको कार्यक्रम अन्तर्गत नै दिउँसो प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा १० हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुनेछन् । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा प...
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए । सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिवि...
नेकपा विवाद :  निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

नेकपा विवाद : निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ । आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको छ । अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष जरी पनि आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिन्ह प्रयोग गर्न नदिने आयोगको सोच हो...