Wednesday, May 13
Shadow

Author: Interview Nepal

विप्लवले भन्यो- हामी सरकारसँग वार्ता गर्न सकारात्मक छौँ

विप्लवले भन्यो- हामी सरकारसँग वार्ता गर्न सकारात्मक छौँ

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन ८ । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् । विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’ ...
आठ मुलुकका राष्ट्र-सरकार प्रमुखले लगाए चिनियाँ खोप

आठ मुलुकका राष्ट्र-सरकार प्रमुखले लगाए चिनियाँ खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , फागुन ८ । चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेका हुन् । प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरुको विवरण प्राप्त भएको जानकारी दिए । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरेनन् । सञ्चार माध्यमहरुमा आएका विवरणहरूमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनहरुले प्रयोग गर्नु भएको उल्लेख गरिएको उनले बताए । खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ । उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गर...
नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै , प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ८ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् । दाहाल(नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ । यसैबीच नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए ।आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ...
गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ८ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई अदालतबाट दोषी ठहर भएकालाई पनि उनीहरूको सम्पूर्ण कैद र जरिवाना माफी गरिएको छ । राजनीतिक मुद्दामा मात्र यसरी माफी दिन मिल्नेमा सत्तारुढ नेकपाका निकट केही कार्यकर्तालाई पूरै मुद्दाबाट माफी दिइएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले पाँच सय ८० जना कैदीलाई आधा कैद छुट दिने र १५ जनालाई पूरै अपराधबाट माफी दिने निर्णय भएको छ । गृह मन्त्रालयले यसरी पूरै माफी पाउनेको मुद्दा विवरण सार्वजनिक गरेको छैन । स्रोतका अनुसार यसमा नेकपाका कार्यकर्ता छन् । राष्ट्रपतिबाट यसरी सम्पूर्ण कैद र जरिवाना माफी पाउनेमा सिराहाका पाँच र दाङका नौ जना छन् । सिराहाका सुरेद्र यादव, दिलीपकुमार साह, अमरेन्द्र यादव, अशोककुमार यादव र रामविलास यादव छन् । त्यस्तै, दाङका शेरबहादुर चौधरी, युवराज सुवेदी, मदन परियार...
आजको मौसम : यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन ८ । देशभर मौसम सामान्य बदली भइ बाकिँ स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ । काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।...
प्रतिनिधिसभा विघटन: बहस त सकियो अब  फैसला कहिले ?

प्रतिनिधिसभा विघटन: बहस त सकियो अब फैसला कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , फागनु ८ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र निवेदकका वकिललाई फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको छ। संवैधानिक विवादमा निर्णयमा पुग्न सहजताका लागि इजलासले बहसको सारसंक्षेप माग गर्न सक्छ। कानुन व्यवसायीले आफ्ना बहसका बुँदा समेटेर इजलासमा पेस गरेपछि अन्तिम फैसलाको टुंगो लगाइनेछ। रिट निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सरकार, राष्ट्रपति, निवेदक सबैको बहस सकिएर फागुन १० गतेसम्म बहस नोट माग भएकाले त्यसलगत्तै फैसला आउने सम्भावना बढेको बताए। ‘त्यसलगत्तै फैसला आउने प्रतीक्षामा छौं। छोटो तोकेर बहस नोट मागेकाले चाँडै निर्णय आउने सम्भावना छ’, पौडेलले  भने। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले पक्ष÷विपक्षको बहस सम्पन्न भइसकेको स्थितिमा बाँकी विषय इजलासले तय गरेको प्रक्रियाब...
आज २०७७ फागुन ८ गते शनिबारको राशिफल

आज २०७७ फागुन ८ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बृष काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ । मिथुन लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला । कर्कट लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुन...
ओलि विरुद्ध बोल्नु भयो खुसी लाग्यो अब प्रचण्ड विरुद्ध पनि बोल्न नडराउनुस :  देउवा

ओलि विरुद्ध बोल्नु भयो खुसी लाग्यो अब प्रचण्ड विरुद्ध पनि बोल्न नडराउनुस : देउवा

ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाडौ, फागुन ७ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलिको खुलेर बिरोध गरेकोमा खुसी हुँदै अब प्रचण्डको विरुद्ध पनि बोल्न निर्देशन दिएका छन् । नुवाकोटमा आयोजित काँग्रेसको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई अब प्रचण्ड विरुद्ध पनि बोल्न  नडराउनुस भन्दै यस्तो निर्देश दिएका हुन् । सभापति देउवाले प्रचण्ड र ओली चुनाव चिन्हका लागि लडिरहेको बताउँदै उनले काँग्रेसकै नेताहरु चुनावमा जान हुन्न भनिरहेको पनि चर्चा चलीरहेको बताए । काँग्रेसलाई कसैले हराउन नसक्ने भन्दै काँग्रेसलाई काँग्रेसले नै हराउने भएकाले आउदो चुनावमा मिलेर चुनावमा जाने बताए । सभापति देउवाले चुनावबाट भाग्ने हो भने किन राजनीति गरेको भन्दै बैशाखमा भएपनि जेठमा भएपनि दुई बर्षपछि भएपनि चुनावका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए...
प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा दिप प्रज्ज्वलन

प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा दिप प्रज्ज्वलन

समाचार, समाज
काठमाडौं, फागुन ७ । ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसले दिप प्रज्ज्वलन कार्यक्रम सप्पन्न गरेको छ। दिप प्रज्ज्वलन कार्यक्रममा विद्यार्थी नेताहरु लगायत सोही क्याम्पसमा अध्धयनरत बिद्यार्थीहरुको  उपस्थिति थियो। कार्यक्रममा विद्यार्थी नेताहरु किरण भट्टराई,जीवन राना,लक्ष्मि सिलवाल, महेश मणि पौडेल , प्रबिन गुरुङ,प्रदिप जङ्ग शाह,निरज मैदाली,सरोज पनेरु,सुल्तान मिया,असोक बम,सरोज नेपाली अशोक क्षेत्रि लगायतको उपस्थिति थियो। लामो संघर्ष पछि प्राप्त भएको प्रजातन्त्रको रक्षाको निम्ति देशका युवाहरु विशेष रुपमा लाग्नुपर्नेमा कार्यक्रममा सहभागीले जोड दिएको ने.बि. संघका विद्यार्थी नेता प्रदिप जङ्ग शाहले जानकारी दिए।...
थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण

थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण

टिप्स, स्वास्थ्य
काठमाडौं । हिन्दू धर्ममा भगवानको पूजाको जति महत्व छ त्यति नै पूजा सामग्रीको पनि महत्व रहेको छ । पूजा सामाग्रीलाई समेत हिन्दुहरु श्रद्धा गर्दछन् । पूजामा प्रयोग हुने हरेक चीजको विशेष महत्व रहने गरेको छ । पूजा र अनुष्ठानका क्रममा कपूरको समेत प्रयोग गरिन्छ । भगवानको पूजामा कपूरको प्रयोग नभए पुर्ण पूजा भएको मानिदैन । पूजाका अलावा कपूरको प्रयोग वास्तुशास्त्रमा नकारात्मक ऊर्जा नष्ट गर्न समेत प्रयोग गरिन्छ । के के छन् कपूर प्रयोगका लाभ रु घरमा वास्तुदोष रहेमा घरको सुख, शान्ति भंग हुने र कलह हुने गर्दछ । पसल वा व्यावसायीक प्रतिष्ठानमा वास्तुदोष भए घाटा हुन्छ । यस्तोमा घर वा पसलमा कपूर राखेमा वास्तुदोष वा नकारात्मक ऊर्जा नष्ट भई धन लाभ हुने धार्मीक मान्यता छ । यदि कतै सापटी वा ऋण दिएको धन अड्किरहेको छ वा आम्दानीभन्दा बढि खर्च हुने गरेको छ भने रातो गुलाफको फूलमा बालेको कपूर राखी देवी दुर्गा...