Tuesday, May 12
Shadow

Author: Interview Nepal

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा:  सर्वोच्चको फैसलाप्रति कसले के भने ?

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा: सर्वोच्चको फैसलाप्रति कसले के भने ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ । संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् ।प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले संवि...
सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलापछि चितवनमा खुशीयाली मनाउदै प्रचण्डले ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका हुन् । उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्, नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ । साथै प्रचण्डले सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आउन अपिल गरेका छन् । प्रचण्डले सर्वोच्चले ऐतिहासिक फैसला गरेको भन्दै देशभरका कार्यकर्तालाई आआफ्नै किसिमले विजय जुलुस मनाउन आग्रह गरका छन् ।...
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको जनाउँदै नाराबाजी समेत गरेका छन् ।...
सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् । ‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् । उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च ...
सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ११ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतले संसद पुनःस्थाना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वेशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका थिए । सर्वोच्च अदाललते फैसला भएको १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।...
फुलिका पुलको शिलान्यास सम्पन्न

फुलिका पुलको शिलान्यास सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
कपिलवस्तु, फागुन ११ कपिलवस्तुको मायादेवी गा. पा. वडा नं.३ फुलिका अवस्थित मर्थी नदीको काठे पुललाई विस्थापित गर्न पक्की पुलको शिलान्यास प्रदेश सभा सदस्य विष्णु पन्थीले गरेका छ्न। लुम्बिनी प्रदेश सरकारको ३ करोड ४६ लाख लागतमा निर्माण हुने उक्त पुलले कपिलवस्तुको सुद्धोधन गा.पा., वाणगंगा नगरपालिका तथा मायादेवी गा पा का आम जनतालाई सदरमुकाम तौलिहवा सित जोडने प्रमुख पुल बन्ने हुदा स्थानीयहरु हर्षित भएका छ्न। प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य शुष्मा यादव तथा संविधानसभा सदस्य राम लौटन तिवारी , मायादेवी गाउपालिकाका उपप्रमुख गीता तिवारीको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ। सो पुलले पुर्वी कपिलवस्तुको आन्तरिक आवागमनको लागि महत्वपूर्ण हुने कुरा सहभागीहरुको भनाई रहेको छ।...
रवि लामिछानेले नयाँ टिभी ‘ग्यालेक्सी ४ के’मा सिधा कुरा…चलाउने

रवि लामिछानेले नयाँ टिभी ‘ग्यालेक्सी ४ के’मा सिधा कुरा…चलाउने

ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, फागुन ११ सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन् । मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल‘ ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । उनले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गरेका थिए र नयाँ टेलिभिजनमा सिधा कुरा… सार्वजनिक गरेका छन् । आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्र्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा… राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने छन् । यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए ।...
नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्यमा मातृका प्रसाद उपाध्याय तिमिल्सिना मनोनित

नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्यमा मातृका प्रसाद उपाध्याय तिमिल्सिना मनोनित

राजनिती, समाचार
काठमाण्डौँ, फागुन ११ नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्य मातृका प्रसाद उपाध्याय तिमिल्सिना मनोनित भएका छन् । सोमवार आयोजित एक कार्यक्रम मार्फत उनलाई केन्द्रिय समितिमा चयन गरेको हो । नेपाल विद्यार्थी संघमा समेत लामो समय देखि आवद्ध रहेका तिमिल्सिना हाल नेपालटारमा रहेको ग्रामीण आर्दश बहुमुखि क्याम्पसमा नेविसंघमा आवद्ध रहदै आएका छन् । वाल्मिकि क्याम्पसबाट नेविसंघमा आवद्ध रहि विद्यार्थी राजनितिमा आवद्ध हुुदैँ आएका तिमिल्सिना निरन्तर विद्यार्थीको पक्षमा आवाज उठाउदैँ आएका छन् । अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ५ घर भएका तिमिल्सिना विश्व हिन्दू युवा संघका केन्द्रीय सदस्य तथा बिभिन्न सामाजिक संघ सस्थामा समेत आवद्ध रहेका छन् ।...
पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, फागुन ११ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ । भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन् । भट्टराई उपचारका लागि आइतबार दिल्ली पुग्नु भएको हो ।...
द डबल दोर्जे टिमद्वारा खाना वितरण अभियानमा लागेको जय महांकाल युवा समुहलाई  सहयोग

द डबल दोर्जे टिमद्वारा खाना वितरण अभियानमा लागेको जय महांकाल युवा समुहलाई सहयोग

समाचार, समाज
काठमाण्डौँ, फागुन ११ भोकालाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ २०७६ चैत्र २२ गतेबाट संचालन भएको जय महांकाल युवा समुहको खाना वितरण अभियान लोकप्रिय बन्दै गएको छ। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई लक्षित गर्दै मानिसहरू रोगले भन्दा नमरून् भन्ने उद्देश्यका साथ सडकमा अलपत्र परेका, सडक बालबालिका, ज्याला मजदुरी गर्ने, अशक्त, अपाङ्ग आदि वर्गलाई लक्षित गर्दै उक्त अभियान संचालन गरेको आयोजकको भनाइ छ । आजसम्म यस अभियानले २९० दिन काटेको छ। यो अभियान ११२ औ दिन सम्म काठमाडौंको विभिन्न स्थान जस्तै रत्नपार्क, पशुपतिनाथ,थापाथली, सिनामंगल, कलंकी, आदि स्थानमा संचालन गरेको र त्यस पश्चात् आर्थिक अभावको कारण हाल नयाँ बसपार्कको बिजी मलमा मात्र वितरण गरिरहेको जय महांकाल युवा समुह संस्थाकामहासचिव मनिस बि.क.ले जानकारि दिनुभयो । यस समुहले खाना वितरण अभियान मात्र नभएर सडकमा अलपत्र परेकाहरूको कत...