कृष्णानगरमा स्वास्थ्य शिविरबाट एकैदिन लगभग एक हजार छ सय जना लाभान्वित
कृष्णानगर, जेष्ठ ३०
कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस वर्ष पनि बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर आयोजना गरेको छ। गत वर्षको शिविरबाट उत्साहजनक उपलब्धि हासिल भएपछि नगरपालिकाले यस वर्ष सेवाको दायरा थप फराकिलो बनाउँदै दुई दिने शिविर आजदेखि सञ्चालन गरेको हो। जेठ ३० र ३१ गते सञ्चालन हुने शिविरको उद्घाटन एक विशेष कार्यक्रमका बीच गरिएको छ। यस वर्षको शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञ सेवाका साथै नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, मानसिक रोग तथा रेडियोलोजीलगायत बहु–विशेषज्ञ सेवाहरू समावेश गरिएको कृष्णनगर नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले सेभ द हार्ट र काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) का विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा मुटु तथा मिर्गौला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो...









