Thursday, October 2
Shadow

Author: Interview Nepal

प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न

प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न

समाचार
कपिलवस्तु, अषाढ २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज प्राण प्रतिष्ठा महोत्सवको शोभा यात्रा कृष्णनगरमा सम्पन्न भएको छ। मारवाड़ी सेवा समितिको आयोजना तथा श्याम भक्त मंडलको संयोजकमा शोभायात्रा निकालिएको जानकारी आशु कंछलले दिए। भव्य प्राण प्रतिष्ठा महोत्सव ६,७,८ जुलाईमा श्री श्याम बाबा एवम् नव निर्मित मंदिर माँ काली जी, श्री लक्ष्मी नारायण भगवान्, श्री हनुमान जी, लगामतको मूर्ति हरूको प्राण प्रतिष्ठा हुने जानकारी गराइएको छ। राणी सती मंन्दिर( पडाव) बढ्नी बाट निकालिएको शोभा यात्रा गोलाबजार, मालगोदाम रोड हुदै कृष्णनगर बजार नगर परिक्रमा गरि लक्ष्मी नारायण मन्दिरमा शोभायात्रा समापन भएको थियो। मनोज कानोडिया,राजकुमार टिबडेवाल, मनीष सिंघल, विक्रम सिंघल, राम अवतार अग्रवाल, अरबिंद अग्रवाल, हिमांशु अग्रवाल, आशिष अग्रवाल, चेयरमैन उमा अग्रवाल प्रतिनिधि रवि अग्रवाल, बढ्नी चेयरमैन सुनील कुमार अग्रहरि, लगा...
परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए । यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम...
कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत

कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत

ब्यानर समाचार 2, शिक्षा
काठमाडौ - हिजाे असार १३ गते राष्ट्रिय परीक्षा बाेर्डले प्रकाशन गरेकाे शैक्षिक वर्ष २०८० काे माध्यमिक शिक्षा परीक्षा(SEE) काे नतिजामा तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविकाे नतिजा सतप्रतिशत रहेकाे छ । जम्मा १० जना परीक्षार्थी सहभागी गराएकाे उक्त विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । उत्कृष्ट GPA 3.66 सहित आठ जना विद्यार्थीकाे GPA ३ भन्दा माथि रहेकाे छ । गत वर्ष 3.28 औसत GPA सहित काठमाडौं जिल्लाकै तेस्राे रहेकाे उक्त विद्यालयकाे यश वर्षकाे औसत GPA 3.19 रहेकाे छ भने प्राप्त नतिजालाई प्रतिशतका आधारमा विश्लेषण गर्दा तारकेश्वरकाे पहिलाे स्थानमा रहेकाे प्रारम्भिक आकडा रहेकाे छ ।...
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मुख्य समाचार, मौसम
काठमाडौँ- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपन...
रसुवा भन्सार कार्यालयद्वारा ११ महिनामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली

रसुवा भन्सार कार्यालयद्वारा ११ महिनामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली

आर्थिक, मुख्य समाचार
रसुवा- रसुवा भन्सार कार्यालयले यस अर्थिक बर्षको एघार महिनामा लक्ष्यको एकानब्बे प्रतिशत राजश्व असुली गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको एघार महिना सम्ममा राजश्व अशुलीमा उल्लेख्य सुधार भएकोे जनाएको छ । आर्थिक बर्ष ०७९।०८० मा लक्ष्यको ७७‍.२९ प्रतिशत मात्र असुली भएकोमा यस आर्थिक बर्षमा भने लक्ष्यको ९१‍‍‍‍.३१ प्रतिशत भएको छ । बिभागले दिएको साबिकको लक्ष्य ११अर्ब ९४ करोड रहेकोमा पछि सम्सोधित लक्ष्य भने करिब २१ अर्ब रहेको छ । जसमा कार्यालयले १९ अर्ब १७ करोड राजश्व असुल गरिसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक बर्षमा ब्यबसायीहरुले मुल्य अभिबृद्धी कर,माल बस्तुको स्पस्ट घोषणा नभएको,कम परिणम घोषणा भएको,उत्पतिमुलक फरक घोषणा गरिएको, एच एस कोड परिवर्तनलगायतबाट ५८ करोड जरिवाना गरिएको ...
कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

समाचार
कपिलवस्तु, अषाढ ७ अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा कृष्णनागर् नागरपालिक नागरिक आरोग्य सेवा केंद्र कृष्णनागर् ले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यास को कर्यक्रम आयोजना गरि अंतर्राष्ट्रीय योग दिवस मनाएको छ। कृष्णनगर नगरपालिका वडा नं २ को वाडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खेम राज देवकोटाको प्रमुख अतिथ्यतामा संचालित कर्यक्रममा कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रका बरिष्ठ कबीराज हरि लाल उपाध्यायले बिधिवत योग अभ्यास गराएका थिए। प्रमुख प्रसकीय अधिकृत देवकोटाले शिर्षासन गरि कर्यक्रमको समुद्घाटन गर्नुभयो उक्त अवसरमा आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थता का लागि योग अति अवस्यक रहेको कुरामा जोड़ दिनुभयो। वडा नं ४ का वडाध्यक्ष घनश्याम बनिया, ११ का वडा अध्यक्ष जीवन श्रीवास्तव आयुर्वेद नगर अभियंता संजय ...
निर्जला एकादशीको अवसरमा  कृष्णनगरको हनुमान मन्दिरमा प्रसाद वितरण

निर्जला एकादशीको अवसरमा कृष्णनगरको हनुमान मन्दिरमा प्रसाद वितरण

समाचार
कपिलवस्तु, अषाढ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ हनुमान टोलमा रहेको यस क्षेत्रकै हनुमानको ठूलो प्रतिमा भएको हनुमान मन्दिरमा आज एक कार्यक्रम बिच प्रसाद वितरण गरिएको छ। आज कृष्णनगरका स्थानीय युवाहरु निर्जला एकादशी तथा जेष्ठ महिनाको अन्तिम मंगलवारको अवसर पारेर भक्तजन हरूमा प्रसाद वितरण गरिएको छ। यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा रहेको हनुमान मन्दिर प्रति स्थानीय हरूको ठूलो आस्था रहेको तथा मंगलवार हनुमान चालिसाको पाठ संगै मंगलवारका दिन प्रायजसो प्रसाद वितरण गर्दै आएको स्थानीयले बताएका छन्। स्थानीय युवा आषिस कौशल, आशिष अग्रवाल, हिमांशु श्रीवास्तव, वृजेश कुमार गुप्ता, बजरंगी गुप्ता, विकाश श्रीवास्तव, विकास चतुर्वेदी, जीवन श्रीवास्तव,लगायत स्थानीय युवा हरूको सक्रियतामा प्रसाद वितरण गरिएको जानकारी गराइएको छ। स्थानीय युवा, समाजसेवी, भक्तजन, लगायत प्रसाद वितरण मा वृहत...
मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, अषाढ ३ कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियंता , तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण लुंबिनी आयुर्वेदका चिकित्सक डॉ प्रवेश श्रीवास्तव , कपिल वस्तु आयुर्वेद का प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्र का कबीराज डॉ नागेश्वर मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन न सर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वस्थ जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संत...
उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , अषाढ २ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै खाले  नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ । अल्कूफीले शुभकामना संदेश दिदै बताएकी बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।  लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरूको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्...
शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने:- नगर प्रमुख शाह, कृष्णनगर नगरपालिका

शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने:- नगर प्रमुख शाह, कृष्णनगर नगरपालिका

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाह द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवाला ले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिका बाट शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने बताए। कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृ खेमराज देवकोटाले नगर भित्रका विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार गर्न हरेक व्यक्तिले आ आफ्नो स्तर बाट पहल गर्नु पर्ने बताए। समुद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हरिपाल चतुर्वेदीले यो स्कूल निर्माण गर्न हाम्रा पूर्खा हरूको ठूलो योगदान रहेको तथा यस विद्यालयको आफू सधैं उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको बताए। ...