Monday, August 17
Shadow

Author: Interview Nepal

प्रजातांत्रिक युवा संगठनको कपिलवस्तु जिल्ला अधिवेशन सम्पन्न संयोजकमा मोदनवाल चयन

प्रजातांत्रिक युवा संगठनको कपिलवस्तु जिल्ला अधिवेशन सम्पन्न संयोजकमा मोदनवाल चयन

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, कार्तिक २५ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज राष्ट्रीय प्रजातंत्र पार्टीको भातृ संगठन राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ। राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरीया,तथा यूवा संगठनका केन्द्रीय संयोजकको आथित्यमा राष्ट्रीय प्रजातांत्रिक यूवा संगठनको जिल्ला अधिवेशन सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सम्पन्न जिल्ला अधिवेशन बाट सुनिल मोदनवालको संयोजकत्वमा सत्रा सदस्यि जिल्ला कार्य समिति गठन भएको जानकारी राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लले जानकारी दिए। मोदनवालको संयोजकत्वमा उपाध्यक्षमा कृष्ण पुन, इतिहाद अहमद, सचिवमा राहुल मोदनवाल, सह सचिवमा खेमराज पौडेल, कोषाध्यक्षमा अभिषेक भुषाल, लगायत १७ सदस्यि कपिलवस्तु जिल्ला राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ।...
मानव अधिकारबादी प्रा. कपिल श्रेष्ठ सम्मानित

मानव अधिकारबादी प्रा. कपिल श्रेष्ठ सम्मानित

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - गणेशमान सिंह तथा जन-आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा प्रत्येक बर्ष झैं यस बर्षमा सर्वमान्य नेता गणेशमान सिंहको जन्मदिनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष माननीय भीमसेनदास प्रधानज्युको सभापतित्वमा मानव अधिकारको क्षेत्रमा बिषेश योगदान पुर्याउनु हुने प्रा. कपिल श्रेष्ठ लाइ सम्मान गरियो । उक्त कार्यक्रममा माननीय कृण्ण प्रसाद सिटौलाज्यु , बरिष्ठ अधिबक्ता शम्भु थापाज्युको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन श्रीजना अधिकारीज्युले गर्नु भएको थियो । कार्यक्रमा बिशिष्ठ महानुभावहरुको पनी बिषेश सहभागिता रहेको थियो ।...
कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व  “छठ पर्व”

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व  “छठ पर्व”

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कपिलवस्तु, कार्तिक २२ मैथिली अवधि, भोजपुरी  र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो। देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत शुक्रवार  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत विहिवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् । कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जि...
धर्म यात्रा अभियानले सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो बनाउछ:- पूर्व अध्यक्ष पाण्डेय

धर्म यात्रा अभियानले सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो बनाउछ:- पूर्व अध्यक्ष पाण्डेय

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, कपिलवस्तु कार्तिक १७ कपिलवस्तु तथा रूपन्देही जिल्लाका युवा हरू धर्म जागरण अभियान लाई तिब्रता दिएका छन्। केही दिन अगाडि बाट जारी गरिएको अभियानले परासीको त्रिवेणी धाम र भारतको अयोध्या सम्म  धर्म यात्रा अभियान सम्पन्न भएको छ। तथा अब उपरान्त भारतको मध्यप्रदेश सम्माको यात्रा हुने उपरांत जनकपुरको यात्रा हुने धर्म यात्रा अभियानक अगुवा अनिल तिवारीले बताएका छन्। सोही क्रममा आज भारतको उत्तर प्रदेशको‌ सिद्धार्थनगर जिल्लाको मुडिलामा अनिल तिवारी नेतृत्वको टीमलाई एक कार्यक्रम गरि हौसला प्रदान गरिएको छ। कार्यक्रमका अध्यक्ष बढ्नीका पूर्व चेयरमैन राम नरेश उपाध्याय, प्रमुख अतिथिमा उत्तर प्रदेशका पूर्व विधानसभा अध्यक्ष तथा विपक्षी दलका नेता माता प्रसाद पाण्डेय, विशिष्ट अतिथिमा नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र, पूर्व राष्ट्रीय सभा सदस्य दिर्घ नरायण पाण्डेय, अतिथिमा राधा रमण तिवार...
लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, १५ कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आए देखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्ति हरू पक्राउ गरि मुद्दा चलाएका छन्। उहाँ आए देखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवी हरू बताउछन्। सोही क्रममा कार्तिक १४ बुधवारका दिन साझ ७ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगर बाट ख...
कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

मुख्य समाचार
  कृष्णनगर (कपिलवस्तु) १४ कार्तिक कपिलवस्तुको कृष्णनगर बसपार्कबाट १ जना लागू औषध ब्राउन सुगर करोबारी र २ जना सेवनकर्ता पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर नगरपालिका २ बस्ने ३२ वर्षीय लवकुश भुजलाई १ सय ५१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले भुजको कोठामा लुकाइ राखिएको चार थान तराजु र दुई थान मोबाइल बरामद गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा ब्राउन सुगर खरिद गर्न आएका थप दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । जिल्लाको बुद्धभुमी नगरपालिका २ बस्ने वर्ष २८ का महेश थारु र बाणगंगा नगरपालिका १ बस्ने वर्ष २४ का बिपुल थारु पक्राउ परेका छन । उनिहरुको साथबाट रु ९०,००० नगद र एक थान मोबाइल फेला ...
जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अध्यक्षमा नसरूल्लाह खां चयन

जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अध्यक्षमा नसरूल्लाह खां चयन

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कार्तिक १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां चयन भएका छन्। आज भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमामा शिक्षा प्रेमी प्रहलाद पाण्डेयले विद्यालय व्यवस्थापन समिति गठन प्रकृयाका बारेमा अभिभावक माझ प्रष्ट पार्नुभयो। कार्यक्रममा बोल्दै सोही विद्यालयका विद्यार्थिका अभिभावक साजिद अलिले नसरूल्लाह खां यस अघि पनि यस विद्यालयका लागि शौचालय व्यवस्थापन, भौतिक संरचना निर्माण, शैक्षिक व्यवस्थापन लगायत अन्य विद्यालयको विकासका लागि राम्रो काम गरि विद्यालय प्रति वफादारी गरेको बताए। अध्यक्षमा नसरूल्लाह खां, सदस्यमा निसार अहमद फारूकी, आसिफ अन्सारी महिला सदस्यमा कमरून निसा, नसरीन बानो, रूविना खां, लगायत सर्वसम्मतिमा चयन गरिएको...
शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार
   कृष्णनगर, कार्तिक १३ कपिलवस्तुक   प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उहाले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गर्नुभयो । प्रजिअ अर्यालले भन्नुभयो, “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उहाले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो । तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गर्नु भयो ।...
मनिष गुप्ताके अध्यक्षतामे एघारा सदस्यि अवधी पत्रकार संघ कपिलवस्तु चयन

मनिष गुप्ताके अध्यक्षतामे एघारा सदस्यि अवधी पत्रकार संघ कपिलवस्तु चयन

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु, कार्तिक १० अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकै तिसरा जिल्ला अधिवेशन कपिलवस्तु नगरपालिकाकै सभा हल महिया सम्पन्न भवा। अवधी पत्रकार संघ नेपाल कपिलवस्तुकै अध्यक्ष निरहु यादवकै अध्यक्षता अव प्रमुख अतिथिमे पूर्व मंत्री एवम् प्रतिनिधि शभा सदस्य सुरेन्द्र राज अचार्य रहे। कार्यक्रमकै उद्घाटन सत्रकै उद्घाटन प्रमुख अतिथि अचार्य बैनर पढिकै किहान रहा। कार्यक्रममे अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकै उपाध्यक्ष अनेक पाण्डेय स्वागत मनत्वय रखिन रहा। कार्यक्रममे बोलत प्रमुख अतिथि अचार्य आपन आपन भाषाकै संरक्षण करक सबकै अधिकार होय अव आपन आपन भाषा सबकै प्रिय रहतहै बतावत कर्यक्रम सफलताकै शुभकामना भि दिहिन।   जिल्ला अधिवेशनसे नयाँ जिल्ला कार्यसमिति चयन भवा जवनेम अध्यक्ष, मनिष गुप्ता, उपाध्यक्ष अजय साहनी, सविता गुप्ता, सचिवमे वृजेश यादव, सह सचिवमे राज कुमार स...
प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

समाचार
  कृष्णनगर, कार्तिक ६ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्। संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कार्यवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा स्थानीय स्तरमा राम्रो समन्वयात्मक भूमिका निर्वाह गरि आम नागरिक माझ प्रहरी संगठनको गरिमामा योगदान पुर्याएकाले प्रशंसा पत्र सहित सम्मानित भएका छन्। प्रशांत पत्र पाएकाले कृष्णनगरका स्थानीय हरुले प्रहरी निरिक्षक सुरज खत्रीले गरेको राम्रो कामको उचित मूल्यांकन गर्दे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्मान गरेको राम्रो कदम रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रह...