Wednesday, May 14
Shadow

प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न


  • -इ
  • इ+

कपिलवस्तु, अषाढ २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज प्राण प्रतिष्ठा महोत्सवको शोभा यात्रा कृष्णनगरमा सम्पन्न भएको छ। मारवाड़ी सेवा समितिको आयोजना तथा श्याम भक्त मंडलको संयोजकमा शोभायात्रा निकालिएको जानकारी आशु कंछलले दिए।

भव्य प्राण प्रतिष्ठा महोत्सव ६,७,८ जुलाईमा श्री श्याम बाबा एवम् नव निर्मित मंदिर माँ काली जी, श्री लक्ष्मी नारायण भगवान्, श्री हनुमान जी, लगामतको मूर्ति हरूको प्राण प्रतिष्ठा हुने जानकारी गराइएको छ। राणी सती मंन्दिर( पडाव) बढ्नी बाट निकालिएको शोभा यात्रा गोलाबजार, मालगोदाम रोड हुदै कृष्णनगर बजार नगर परिक्रमा गरि लक्ष्मी नारायण मन्दिरमा शोभायात्रा समापन भएको थियो।

मनोज कानोडिया,राजकुमार टिबडेवाल, मनीष सिंघल, विक्रम सिंघल, राम अवतार अग्रवाल, अरबिंद अग्रवाल, हिमांशु अग्रवाल, आशिष अग्रवाल, चेयरमैन उमा अग्रवाल प्रतिनिधि रवि अग्रवाल, बढ्नी चेयरमैन सुनील कुमार अग्रहरि, लगायत वृहत रूपमा श्याम भक्त हरूको सहभागितामा शोभायात्रा निकालिएको थियो।

शोभायात्रा राम्रो संग समपन्न होस भन्ने उद्देश्यका साथ ईलाका प्रहरी कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री को कमाण्डमा खटिएको प्रहरी टोली, तथा सीमा सुरक्षा प्रस्तावित गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेको कमाण्डमा खटिएको टोलीले बर्षे झरीमा सुरक्षा प्रदान गरि रहेका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares