Sunday, May 10
Shadow

Author: Interview Nepal

२० वर्ष उमेरको हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त भए

२० वर्ष उमेरको हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त भए

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ७ । ४१ वर्षको जेल जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो जेलबाट छुटेका छन्। उनी शनिबार जेलबाट छुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इलाम माइ नगरपालिका लुम्बकका उनी शनिबार थुनामुक्त भएका हुन्। पश्चिम बंगालको कोलकतास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका छन्। शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने बताइएको छ। उनले हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ। महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ। उनको मानशिक अवस्था सन्तुलनमा नरहेको समाचारमा उल्लेख छ। २० वर्षको उमेरमा जेल परेका उनले ६१ वर्षको उमेरमा जेलबाट छुट्दै गर्दा आफू निर्दोष भएको प्रतिक्रिया दिएका छन्। उनी सन् १९८० मा एक जना महिलाको हत्या आरोपमा जेल चलान भएका थिए।...
टिपरको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

टिपरको ठक्करबाट महिलाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
भक्तपुर, चैत ७ । भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडाँै हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । सो घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुसल रहेको प्रनाउ गिरीले बताए । घाइते महिलालाई नलिञ्चोकस्थित प्रहरीको प्रहरी सहायक...
सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ७ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, ुसरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं । प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेको ज्ञवालीको भना...
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । चारै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताए ।  ...
थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

थप ७९ जनामा कोरोना पुष्टि, , ८२ जना संक्रमण मुक्त, मृत्यु कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , चैत ७ । नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७५ हजार ८२९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९९८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ८१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३३ हजार ३४५ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ४७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको ...
आज देशभर बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

आज देशभर बदली: वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

मुख्य समाचार, मौसम
काठमाडौँ , चैत ७ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।...
कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन

कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ७ । कोरोना संक्रमण बढेपछि भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ।‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ। यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्।...
आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ । नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले आज विभिन्न कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाउन लागेको हो । कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । भने राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला १९८१ सालमा भारतको टेडीमा उहाँको जन्म भएको थियो । नेपाली राजनीतिमा अतुलनिय योगदान दिनुभएको कोइराला पाँच पटक प्रधानमन्त्री बनिसक्नु भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको विशेष योगदान रहेको छ।...
करेन्ट लागेर बारामा एक युवकको मृत्यु

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा , चैत ७ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको सरिरमा करेन्ट प्रवाह भएर घटनास्थल मैं मृत्यु भएको हो । बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको बताइएको छ । दिपनारायणले खेत नजिकै रहेको उनको आफ्नै घरबाट जिआई तारले खेतमा घेराबन्दी गरेर करेन्ट प्रवाह गरेका थिए । मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् । यता करेन्ट लागेर मृत्यु भएको देखेर वडा नम्बर ५ का वडाध्यक्ष मोहित चौधरीले प्रहरीमा खबर गरेका थिए । नियम बिपरित दिपनारायणले खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको र सो बिषयमा...
सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत ७ । सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पद(विशिष्ट श्रेणी)का लागि तीन जनाको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठताका आधारमा सहसचिवहरू मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डेको नाम सिफारिस गरेको हो । सिफारिस गरिएका तीन मध्ये एक जनालाई अबको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन् । यस्तै रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखामा र पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।  ...