Friday, October 30
Shadow

Author: Interview Nepal

कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

कृष्णनगर नगरपालिकामा हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कपिलबस्तु चैत्र १०।  कपिलबस्तुको कृष्णनगर नगरपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई १३ औं चरणमा औषधि खुवाउने कार्यक्रम तय भएको छ । कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा को आयोजनामा मंगलवार स्वास्थ्य चौकी चैपुरवाको हलमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा , नगरपालिका कर्मचारी, विभिन्न वडाका वडाअध्यक्ष , संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई सि। अ।हे।वा। विष्णु पौडेलले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो । अन्तरकृया कार्याक्रममा कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको प्रमुख शंकर भट्टराई ले सरूवा रोग भएका...
प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ :  देउवा

प्रहरीले हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दियो, सरकारमा पुगेपछि ठेगान लगाइन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् । आज ९मंगलबार० सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् । उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउने समेत चेतावनी दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठ...
मन्त्री थापाको दाबि -नेपालको ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच छ

मन्त्री थापाको दाबि -नेपालको ९० प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच छ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानी सम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैङ्गिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला हुन् भनेका छन् । राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानी सम्बन्धी लक्ष्यहरूको कार्यान्वयन सम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको उनले बताए । नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताक...
त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात

खेलकुद, मुख्य समाचार
काठमाडौँ, चैत १० । दशरथ रंगशालमा आजबाट शुरु भएको त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ । बंगलादेश र कीर्गिस्तानबीच भएको उद्घाटन खेलमा बंगलादेश १-० गोल अन्तरले विजयी भएको हो । कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता लिन सफल भएको थियो । सोही एक गोल नै निर्णायक बन्यो । ३० औं मिनेटमा बंगलादेशले उपहार गोलमा अग्रता बनाएको थियो । किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए । बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि किर्गिस्तानले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेन । बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र किर्गिस्तानको सहभागिता छ। समूह चरणमा शीर्ष दुईमा प...
मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १०। सिरहाको नरहा गाउँपालिका–२ पानवारी चोकमा २ मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स६प ९१५१ र विपरीत दिशाबाट आउँदै गरेको स८प २२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सो दुर्घटना भएको हो । दुर्घटनामा परी स६प ९१५१ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिका–४ निवासी २८ वर्षीय दीपु पासवान र स८प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका निवासी २५ वर्षीय गुरुदेव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको र उनीहरू सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।...
कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

कर्णालीमा तीन दिनदेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्घ

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह
काठमाडौं, चैत १० । कर्णाली प्रदेशका पाँच जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जिएसएम, सिडिएमए र डाटा सेवा तीनदिन यता अवरुद्घ छन् । यही चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका पाँच जिल्लामा नेटवर्क अवरुद्घ भएको हो । महाबुमा रहेको टावर मार्फत कर्णाली प्रदेशका जुम्ला, कालीकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जिएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति रेडियो लिङ्गमा समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए । तत्कालका सेवा सञ्चालन गर्न काठमाडौँबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ । उक्त टोली आज साँझ महाबुलेखमा पुगेर बिगे्रको मेशिन मर्मत गरेपछि बुधबारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । उनले भने, “अहिल...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी:  मन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी: मन्त्री ज्ञवाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगेको बताए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् । भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भ...
अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए । ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए । ‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो ।...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत १० । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।  ...
संचारकर्मी अन्जु राईको “औठी सुनैको” सार्वजनिक

संचारकर्मी अन्जु राईको “औठी सुनैको” सार्वजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर, चैत्र १० । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा संचारकर्मी अन्जु राईको “औठी सुनैको” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतमा निकेश तामाङ्ग र तुलशा तामाङ्ग को सुमधुर स्वर रहेको छ । “औठी सुनैको” बोल गीतमा रमन पहाडी को लय छ भने शब्द संचारकर्मी राई को रहेको छ । यो दोहोरी भाकालाई लेकाली सामाखुशी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने सो गीतलाई मन बराल ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज यम थापामगर ले गरेका छन् । कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने संचारक...