Sunday, May 10
Shadow

Author: Interview Nepal

आजको मौसम पूर्वानुमानः यी स्थानमा छ वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः यी स्थानमा छ वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , चैत ९ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहि देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कर्णाली प्रदेश र सुदू...
सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो । पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वप...
सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्। ओलीले कारबाही त गर्न सक्दैनन् तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक पक्ष होइन।’ पार्टीमा ओलीको कार्यशैली र प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आएका माधवकुमार नेपाल समूहका एक नेताले भने, ‘अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जे पनि गर्न सक्ने वातावरण तयार पारेका छन्। उनले के गर्छन् त्यो कसैलाई थाहा छैन। उनले जे चाहन्छन् त्यो हुनेछ तर त्यसले अन्तिममा कम्युनिस्ट आन्दोलन समाप्त गर्छ।’ ओलीले आफूसँग ...
राष्ट्रपति भण्डारी आज बंगलादेशको राजकीय भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

राष्ट्रपति भण्डारी आज बंगलादेशको राजकीय भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम

ब्यानर समाचार, समाचार
काठमाडौँ, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन । उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको छ । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको शहीद स्मा...
आज २०७७ चैत्र ९ गते सोमबारको राशिफल

आज २०७७ चैत्र ९ गते सोमबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेक...
भारतमा फेरि बढ्न थाल्यो कोरोना , एकैदिन झण्डै ४१ हजार संक्रमित, विभिन्न ठाउँमा लकडाउन

भारतमा फेरि बढ्न थाल्यो कोरोना , एकैदिन झण्डै ४१ हजार संक्रमित, विभिन्न ठाउँमा लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं, चैत ७ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ । ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ ।...
मर्स्याङ्दी नदीमा ट्रक खस्दा एक नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु , ५ घाइते

मर्स्याङ्दी नदीमा ट्रक खस्दा एक नाबालकसहित एकै परिवारका ३ जनाको मृत्यु , ५ घाइते

दुर्घटना, मुख्य समाचार
काठमाडौं, चैत ७ । मनाङको नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परी नासों गाउँपालिका–४ ओडारका ३५ वर्षीया मनिषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनिषाको छोरा अन्दाजी ६ वर्षीय लिउन गुरुङको मृत्यु भएको मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । शनिबार दिउँसो साँढे ३ बजेतिर दुर्घटनामा परेको ट्रकले सिमेन्ट बोकेर मनाङका लागि छुटेको थियो । उकालोमा अनियन्त्रित भई ट्रक ४० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६ बर्षीय थिउन गुरुङ, सोही वडाका अन्दाजी ६र७ वर्षीय निहल गुरुङ र चामे गाउँपालिका ४ ओडार...
श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

श्रीलङ्‍कामा भयानक बस दुर्घटना , कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत ७ । श्रीलङ्‍काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला(बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन्। प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरवाहीका कारण बस दुर्घटना भएको हो। मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। श्रीलङ्‍कामा कमजोर सडक संरचना, पूराना सवारीसाधन, चालकको लापरवाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन्।...
हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

हेटौँडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा, हात पार्यो १० लाख रुपैयाँ

खेलकुद
काठमाडौं, चैत ७ । स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ लाई १-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पारेको छ । रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले उपविजेता बन्दै पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक हात पारे । आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका अञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स दिपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीब...
चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले यस्तो निर्देशन दिएका हुन् । कांग्रेसलाई सरकारको लोभ नभएको तर प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने उनले बताए । अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई प...