Thursday, March 28
Shadow

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालले खरिद गरेको १० लाख डोज खोप अब नआउने


  • -इ
  • इ+

काठमाडौं, चैत १२ । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ ।

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् ।

भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् ।

भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ ।

भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बन तर्फ लागेको छ ।

भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

यता भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares