यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौँ, असार २८
यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मागभन्दा बढिी आवेदन परेकाले आज असार २८ गते बैंकिङ समयपश्चात बन्द हुनेछ ।
यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्...








