Sunday, May 3
Shadow

Author: Interview Nepal

समर्थन गुमाउँदै माओवादी, पार्टी एकता प्रक्रिया अनिश्चिच

समर्थन गुमाउँदै माओवादी, पार्टी एकता प्रक्रिया अनिश्चिच

मुख्य समाचार, राजनिती, विचार
राजेन्द्र गजुरेल/काठमाडौं- स्थानीय तहको उपनिर्वाचनको नतिजाले हौसिएको नेकपा माओवादी केन्द्र आफ्नै नेताहरुको अभिव्यक्ति र प्रचण्ड चालका कारण समर्थन गुमाउन पुगेको छ । नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टर्राइ नेतृत्वको नेसपाबिच पार्टी एकता गर्ने दाउँमा रहेको माओवादी अन्तिममा तीदलको समर्थन गुमाउन पुगेको छ । विप्लव नेतृत्वको नेकपासँग माओवादीको एकता प्रक्रिया अन्तिम चरणमा थियो । तर विप्लव पक्षले एकता नगर्ने निर्णय नै गरेको छ । विगत लामो समय देखि एकता प्रक्रियालाई मूर्तरुप दिन प्रयास गरे पनि अन्तिम समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति बुझेपछि विप्लव टाढिएका छन् । मंगलबार केन्द्रीय कार्यालय कपिलबस्तुमा सम्पन्न विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले माओवादी एकताका लागि उदासिन रहेको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेको छ । माओ...
रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी छ। सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो। कार्यालयले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने तयारी छ।...
तीन दिवसीय योग सिविर र ट्रेकसुट वितरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

तीन दिवसीय योग सिविर र ट्रेकसुट वितरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, पुस ५ कृष्णनगर नगरपालिका वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभाहलमा तीन दिवसीय योग सिविर तथा सहभागी लाई ट्रेकसुट वितरण कार्यक्रम आज सम्पन्न भएको छ।   वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा, अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, पूर्व शिक्षक चन्द्रभान पाण्डेय लगायतको आतिथ्यमा कार्यक्रम समापन गरिएको छ। जन प्रतिनिधि, नागरिक अभियंता,तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण कपिलवस्तु आयुर्वेदका डा. आशिष चौधरीले दिए। बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्रका कबीराज डा....
तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख

तीन महिनामा विद्युत प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको छ । सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ । प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी ...
नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुन्छ  – डा. अम्विरस पोख्रेल

नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुन्छ – डा. अम्विरस पोख्रेल

विचार
"नक्कली नेताहरुको चक्रब्युमा फसेको देशको नागरिक हुनु भन्दा, तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुने गर्दछ" । - डा. अम्विरस पोख्रेल १. ठुला पार्टीहरु र तिनीहरुका नेताहरुलाई कुन कुरा साचो र कुन कुरा झुटो हो, त्यसको कुनै मतलब छैन । सत्ता स्वार्थ उनीहरूको एक मात्र प्रपञ्च रहँदै आएको छ। सबै प्रकारका कथित गठबंधनहरु देशको ढुकुटी स्वाहा पार्ने ठग बन्धनहरु हुन भन्ने कुरा पटक पटक प्रमाणित हुँदै आएको छ। यहाँ भइरहेका कुनै पनि प्रकारका हर्कतहरु, कुनै पनि अर्थमा राजनीति दाउ पेच होइनन् सिर्फ नेपाली जनतालाई झुक्काएर निश्चित गुट हरु भित्र राज्यको स्रोत साधन दोहन गर्ने तिग्डम बाजी हो । २. उनीहरुका सबै काम कुराहरु कौडीको मुल्यमा मात्र हैन कि, बिदेशीको दासतामा लगाउन मात्र पाए पनि खुसि छन् । विदेशी शक्तिलाई खुसी राखेर आफ्नै जनतालाई ठग्नु उनीहरूको दैनिकी भएको छ। ३. त्यसैले यहाँ ६ महिना दे...
राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर ३० कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क नजिक आज एक कार्यक्रमका बिच राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को विधिवत उद्धघाटन भएको छ। भन्सार रोडमा अवस्थित परदेशी होटलको छेउमा आज राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. का संचालक रमेश कुमार यादवले आफ्नी छोरी परिनिती यादव द्वारा रिबन काटेर उद्धघाटन गराइएको छ। उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी अकरम पठानले राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स अगाडि बढ्ने शुभकामना दिदै यसले नेपाल भारतका यात्रीलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी कृष्णनगर अध्यक्ष शिवा घिमिरेले शुभकामना दिदै होटल व्यवसायी हरूले टूर्स एण्ड ट्राभल्स लाई अगाडि बढाउन सहयोग गर्ने बताए। कार्यक्रममा बोल्दै सोनी टूर्स एण्ड ट्राभल्सका पुरूषोत्तम घिमिरेले शुभकामना दिदै टूर्स एण्ड ट्राभल्स एक आपसमा एकता...
डॉ. फरीद अहमद सलफीको निधनमा शोक व्यक्त  

डॉ. फरीद अहमद सलफीको निधनमा शोक व्यक्त  

समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर २५ जामिया सिराजुल उलूम अस-सलफिया, झण्डा नगर, नेपालको सम्मेलन हलमा केही प्रशासनिक विषयमा छलफल गर्न बैठक आयोजना गरियो। एजेन्डाहरू पूरा भएपछि बैठकमा डॉ. फरीद अहमद सलफी भटपाराको निधनप्रति दुःख व्यक्त गरियो। *डॉ. अब्दुल गनी अल-कूफी*ले भन्नुभयो कि भाई डॉ. फरीद एक सक्रिय समाजसेवी र परोपकारी व्यक्ति हुनुहुन्थ्यो। अरूको सहयोग गर्नु उहाँको विशेषता थियो। सामाजिक गतिविधिहरूमा उहाँको विशेष चासो थियो र उहाँको छुट्टै पहिचान थियो। उहाँ सलफिया जुनियर स्कुल सञ्चालन गर्नुहुन्थ्यो र राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग उहाँको राम्रो सम्बन्ध थियो। उहाँ जामिया सलफियाका पुराना विद्यार्थी हुनुहुन्थ्यो र जामियाको प्रगति र त्यससँग सम्बन्धित सेवाका लागि सधैं तयार रहनुहुन्थ्यो। जामियाका शिक्षक मौलाना नईमुद्दीन मदनी (रह.)को निधनको समयमा जसरी उहाँले अन्त्येष्टिमा सक्रियता देखाउनुभयो, त...
नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

नेकपा माओवादी केन्द्र कृष्णनगरको वडा नं ३ र ४ को‌ वडा समिति गठन

ब्यानर समाचार, समाचार
कृष्णनगर, कपिलवस्तु मंसिर २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा माओवादी केन्द्रले आज कृष्णनगर नगरपालिका वडा नं ३ र ४ को वडा कमिटी विस्तार भएको छ। खुर्सेद आलम खा र गीता देवी सुनारको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र आचार्य, काशीराम यादव, नेकपा माओवादी केन्द्र कपिलवस्तु संयोजक बिष्णु बेल्बासे लगायतको आतिथ्यमा वडा कमिटी विस्तार गरिएको छ। नयाँ समिति विस्तार हुदाँ वडा नं ३ वडा कमिटी अध्यक्षमा मन्जूर अहमद, उपाध्यक्षमा प्रमेश्वर गुप्ता, सचिवमा मुजीबुल रहमान सहसचिवमा ओम प्रकाश मौर्या, कोषाध्यक्षमा सोम नाथ बरई लगायत एघार सदस्यि समिति गठन भएको छ। वडा नं ४ मा नयाँ कमिटी गठनमा अध्यक्षमा गीता देवी सुनार, उपाध्यक्षमा चांद बाबु पठान, सचिवमा मोहम्द इरफान, सचिवमा यकरार अहमद खान, कोषाध...
पूर्व सांसद अभिषेक प्रताप शाहले नेपाललाई भारतीय रेलवेसँग जोड्न् गरे माग 

पूर्व सांसद अभिषेक प्रताप शाहले नेपाललाई भारतीय रेलवेसँग जोड्न् गरे माग 

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, कपिलवस्तु, मंसिर २३ नेपालका पूर्व सांसद अभिषेक प्रताप शाहले भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी रेलवे स्टेसन पुगेका रेल तथा खाद्य प्रशोधन राज्यमन्त्री रवनीतसिंह बिट्टुलाई नेपालमा राष्ट्रिय हतियारको रुपमा प्रसिद्ध खुकुरी उपहार दिएका छन् । उनले खुकुरी वीरताको प्रतीक भएको बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले नेपाललाई रेलमार्गले जोड्न भारत सरकारले पहल गर्नुपर्ने बताए । नेपालको राजधानी काठमाडौंसम्म रेलमार्ग बिछ्याउँदा बाबा विश्वनाथको नगर वाराणसीबाट बाबा पशुपतिनाथको सहर काठमाडौंसम्मका तीर्थयात्री हरूलाई सहज हुने र दुई देशबीचको रोटी बेटीको सम्बन्ध सम्बन्धलाई थप प्रगाढ हुने बताए । उनले नेपालमा रेलमार्ग बिछ्याउँदा भारतसँगको व्यापारिक गतिविधिमा पनि तिव्रता आउने र नेपाल प्रगतिको बाटोमा अघि बढ्ने बताए । उनले भारतका रेल र खाद्य प्रशोधन राज्यमन्त्री ...
मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

मानव बेचविखन तथा ओसारपसार कसूरमा कृष्णनगरबाट एक जना पक्राउ

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, मंसिर २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेट बाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेकाछन्। मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ बर्षिय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौं बाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउमा परेकाछन्। पक्राउ परेका तमाङ लाई कपिलवस्तु जिल्ला आदालत बाट म्याद थप गरि अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएकाछन्।...