Friday, May 3
Shadow

Author: Interview Nepal

माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल

माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
- महेश्वर दाहाल मुलुक कतिपय आर्थिक र सामाजिक समस्याहरूबाट गुज्रिरहेको परिस्थितिलाई भड्काएर ‘शोकको बेला भित्तो फोर्ने नीति’ बोकेकाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने मात्र होइन राजनीतिक प्रणालीलाई नै सिध्याउने दाउमा लागिरहेका छन् । धार्मिक वा जुनकुनै आवरणमा सामाजिक सद्भाव भड्काउने र समुदायलाई आपसमा भिडाएर सिंगो मुलुकलाई अराजकतातिर धकेल्ने दिवास्वप्न देख्नेहरु उत्साहित रहेको पछिल्लो समयमा प्रचण्ड नेतृत्वको सरकारको जिम्मेवारी अरु बढेको छ र सँगै अग्निपरीक्षा समेत सुरु भएको छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन इमानदार प्रयत्न गर्नुभएको छ । तर, अभियोजन पेस गर्ने चरणसम्म मुद्दा कमजोर भइसक्ने र अभियानलाई नै जबर्जस्त बदनाम बनाउने कतिपय भ्रष्ट आवरण भएकाहरूको सक्रियता जस्ता सन्दर्भहरूले उक्त अभियान विश्वसनीय बन्न सकिर...
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले जनचेतना कार्यक्रम गर्‍यो 

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले जनचेतना कार्यक्रम गर्‍यो 

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र कृष्णनगर, असोज २७ जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने व्यक्ति लाई सचेत गरिनुका साथै जरिवाना समेत गर्दै आएको छ। तिन महिनाको अवधिमा विभिन्न सवारी साधन हरूले ट्राफिक नियम उलंघन गरिए बाफत पैतिस लाख राजस्व संकलन गरिएको दुई हजार आठ सय जनामा जनचेतना गराइएको तथा कृष्णनगर क्षेत्रमा चल्ने टेम्पो चालक लाई टेम्पोको दायां साइडमा बार लगाउन निर्देशन गरिएको बिना हेलमेट बाइक चलाउन निरूत्साहित गरिएको सवारी दुर्घटना पूर्ण रूपमा नियन्त्रण गर्न हरेक सम्भव प्रयास गरिदै आएको कृष्णनगर ट्राफिक कार्यालय...
सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध

सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र कृष्णनगर असोज, २६ जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । साे कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचार कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु आम समुदायलाई अनुरोध गर्नु भएको छ । नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो । पुर्व सांसद अभिषेक प्रताप शाहले बैठकलाई सम्बोधन गर्दे एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई ...

दक्ष श्रमिकलाई जर्मनीले अवसर दिने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, २५ असोज : सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तरराष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरुलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो । राज्यमन्त्री गेवर्सले द्विपक्षीय आशयपत्रमा हस्ताक्षर भएपछि संस्थाग...

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, २५ असोज : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ । समितिको आजको बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री तथा ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा थप छलफल गर्नुपर्ने देखिएकाले तत्काल कुनै निर्णय नगर्न सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको ट्राफिक तथा नेटवर्कको निगरानी एवं ठगी रोक्नका लागि टेरामक्स प्रणाली जडानको तयारी गरेको छ । टेरामक्सबाट ‘फ्रड’ कल नियन्त्रण तथा दूरसञ्चार सेवाको गुणस्तर नियमन गर्न सहयोग पुग्ने प्राधिकरणको दाबी छ । उक्त प्रणाली जडान भएपछि दूरसञ्चार सेवाबापत उपभोक्तामाथि हुने ठगी एवं राजस्वमा चुहावट नियन्त्रण हुने प...
जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाको प्रेस विज्ञप्ति, इजरायलमा नेपालीहरूको मृत्यु प्रति दु:ख व्यक्त

जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाको प्रेस विज्ञप्ति, इजरायलमा नेपालीहरूको मृत्यु प्रति दु:ख व्यक्त

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कृष्णनगर, असोज २४ जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही देशका नागरिक पनि मारिएका छन्। अत्यन्तै दु:खका साथ भन्नु परेको छ कि यी मृतकहरुमा हाम्रो प्यारो देश नेपालका दश जना नागरिक पनि परेका छन् । र यस दु:ख र शोकको घडीमा उहाँहरु आफ्नो देशको साथमा उभिएर मृतकहरुका परिवारजनहरुका दु:खमा सहभागी हुनुभएको छ । हाम्रो देशको सरकारी प्रशासनले यस अवसरमा राष्ट्रिय शोक घोषणा गरेको छ र शोकको अभिव्यक्तिको रूपमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, हामी यो निर्णयको समर्थन र प्रशंसा गर्दछौं। जामिया सिराजुल उलुम अल्सल्फिया लगायत जैद बिन साबित, आयशा सिद्दिका गर्लस कालेज, मदरसा जिया...
बेरुजुको अद्यावधिक गर्न सम्परीक्षणको कार्य प्रारम्भ

बेरुजुको अद्यावधिक गर्न सम्परीक्षणको कार्य प्रारम्भ

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - गत बर्ष देखि रोकिएको सम्परीक्षण प्रक्रिया शुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसद्का महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेको छ । पुँजीगत खच बढाउन र वर्षान्तमा बढी खर्च हुने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि समितिले सरकारलाई निर्देशन दिएको छ । हाल सरकारको सम्पत्ति (ऋण, धन, सञ्चित कोष) को अभिलेख अद्यावधिक नभएकोले यस्ता विषयहरू अद्यावधिक गर्न तथा लेखापरीक्षण हुन नसकेका सार्वजनिक संस्थानको तत्काल लेखापरीक्षण गर्न पनि समितिले निर्देशन दिदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार असुलउपर गर्नुपर्ने रकम केन्द्रीय तहसिल कार्यालयमा पठाउनुपर्ने व्यवस्था भएकोमा उक्त कानूनी व्यवस्थाअनुसार असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयमा पठाउन र सोको जानकारी ...
मन्त्रिपरिषद् बैठकका निर्णयहरुः के के भए त निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णयहरुः के के भए त निर्णय

ब्यानर समाचार, ब्यानर समाचार 2
संवत् २०८० असोज २२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने । २. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने । ३. परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने । ४. यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अ...
अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले संघर्ष गर्ने

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघले संघर्ष गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ -  होटल याक एन्ड यति दरबार मार्गमा अखिल नेपाल ट्रेडयुनियन महासंघको प्रमुख घटक अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ केन्द्रिय समितिको पुर्ण बैठक संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा महासंघका अध्यक्ष जगत सिंखडाको प्रमुख आतिथ्यता बसेको थियो । विशिष्ट अतिथीहरुमा महासंघ उपाध्यक्ष तथा बागमती प्रदेश सह-सचिब प्रकाश श्रेष्ठ , महासंघ उप-महासचिव तथा संघ इन्चार्ज माधब पान्डेको उपस्थित रहेको थियो । महासचिव राम कुमार खड्काले कार्यक्रम संचालन भएको थियो । बैठकमा श्रमिक हरुले पाउनु पर्ने सेवा सुबिधा नपाएकोले श्रमजीवी को पक्षमा बार्ता र संघर्ष दुबै गर्ने निर्णय गरेको थियो भने संगठनमा रिक्त रहेको महिला उपाध्यक्षमा रमिता श्रेष्ठ , महासचिवमा रामकुमार खड्का सचिबमा प्रयास लामा तथा कोषाध्यक्षमा राम पन्त लाइ सर्बसम्मत चयन गरेको थियो । बैठकले मुख्य रुपमा निम्न मुद्दाहरुलाइ अभियानात्मक रुपमा...
आममाफीको बारेमा सार्वजनिक रुपमा कुरा उठेपछि सरकार भाग्न मिल्दैन – गगन थापा

आममाफीको बारेमा सार्वजनिक रुपमा कुरा उठेपछि सरकार भाग्न मिल्दैन – गगन थापा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले ०५७ यताका हरेक सरकारले संविधान दिवसमा दिँदै आएको कैद माफी मिनाहा विवादरहित हुन नसकेको बताउदै थापाले कैद मिनाहा विषयमा उठेका प्रश्नमा सरकारले जवाफ दिनुपर्ने र सार्वजनिक रुपमा प्रश्न उठेपछि सरकारले यस्तो बिषयमा गम्भीर भएर जवाफ दिनुपर्ने बताए । पछिल्लो समय काँग्रेस सम्वद्ध तरुण दलका क्षेत्रीय सभापति नेपालगञ्जका रिगल भनिने युगनाथ ढकाल संविधान दिवसमा कैद मिनाहा भएर रिहा भएपछि सार्वजनिक रुपमा चर्को रुपमा उठेको प्रश्नको जवाफ सरकारले दिनैपर्ने उनको भनाइ थियो। संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरी सरकारले कैद माफी मिनाहा दिएको भन्दै थापाले सभामुखले अग्रसरता लिएर ती कानुनका छिद्र टाल्ने गरी संशोधन गरिनुपर्ने उनको भनाइ थियो । मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण ऐन,...