”जनयुद्ध” शब्दमाथिकाे प्रतिबन्ध लोकतन्त्रको हत्या र जनताको अधिकारको अपमान हो: मशहूद खां
कृष्णनगर, कपिलवस्तु, मंसिर ९
माओवादी केन्द्रको महिला विंगको कृष्णनगरमा पहिलो सम्मेलन, क्रान्तिकारी सन्देशको घोषणा गरेको छ।
कृष्णनगरमा माओवादी केन्द्र पार्टीको महिला संगठन, अखिल नेपाल महिला संघ क्रान्तिकारी समितिको पहिलो सम्मेलन आयोजना गरिएको थियो, जसमा सयौँ महिलाहरूले भाग लिएका थिए। कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र पार्टीको केन्द्रीय सदस्य शान्ति देवी हरिजननले गर्नुभएकाे थियाे भने विशिष्ट अतिथिहरूमा माओवादी केन्द्र जिल्ला अध्यक्ष विष्णु बेलबासे, लुम्बिनी प्रदेश सदस्य मौलाना मशूद खाँ नेपाली, राजेन्द्र आचार्य र जावेद आलम खाँ समावेश हुनुहुन्थ्याे । कार्यक्रमको संचालन गणेश प्रसाद बन्जाडेले गर्नु भएकाे थियाे ।
यस सम्मेलनमा शबनम खातुनको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको थियो। उल्लेखनीय कुरा के हो भने शबनम खातुन कृष्णनगर नगरपालिका की पहिलो उप-मयरको पदमा रहि काम गरिसक्नु भएकाे...








