इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न
कपिलवस्तु, पुस १३
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद, नेपाली कांग्रेस विजयनगर कमिटी अध्यक्ष मो. रफिक
रहेका थिए।
कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८१/८२ मा २३ वटा मुद्दा दर्ता भएको ९ मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ९० वटा ठाडो निवेदन परेको जस्मा ७५ वटा किनारा लागि सकेको तथा १५ वटा अझै बाकी रहेको, ३० जना फरार प्रतिवादी सम्बंधित निकायमा आवश्यक कार्यवाहीका लागि पठाईएको २० जनाको अझै...








