Thursday, October 22
Shadow

Author: Interview Nepal

प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिनुभयो । उहाँले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँ हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको हो । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बस्नुभएको छ । ...
प्रमुख निर्वाचनका आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचनका आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

निर्वाचन विशेष, ब्यानर समाचार
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा सो अवसरमा कुराकानी भएको थियो । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो । ...
यी हुन् घिउ सेवनका १० फाइदा :

यी हुन् घिउ सेवनका १० फाइदा :

ब्यानर समाचार 2, स्वास्थ्य
घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्‍याउनुपर्छ । घिउ सेवनका अनेक फाइदाहरू : - घिउले छाला स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ । - कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ । - यसले मुटुलाई स्वस्थ राख्ने कामसमेत गर्छ । - शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । - यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहजता मिल्छ । -घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ । - यसले शरीरमा भिटामिन डी अवशोषित गर्ने वातावरण सिर्जना गर्छ । - घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ । - घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ । -...
आज कुष्माण्डा नवमी पर्व मनाइँदै

आज कुष्माण्डा नवमी पर्व मनाइँदै

ब्यानर समाचार 2
प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर जन्मान्तरसम्म नाश हुँदैन भन्ने विश्वास रहिआएको छ । यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु राम्रो मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा–अर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ । आयुर्वेदिक औषधिका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडीबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक ...
निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उहाँले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताउनुभयो । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो ।...
उत्कृष्ट कृषक सम्मानित

उत्कृष्ट कृषक सम्मानित

कृर्षि, ब्यानर समाचार, समाचार
बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका रामबहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्तबहादुर बस्नेतलाई कृषि ज्ञान केन्द्र धादिङले नगदसहित सम्मान गरेको हो । पुरस्कृत कृषकलाई प्रतिव्यक्ति रु १० हजार र सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले जानकारी दिनुुभयो । विश्व खाद्य दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ । प्रतियोगितामा बेनिघाट रोराङ गाउँपालिकाको मलेखुस्थित बागेश्वरी माविकी छात्रा सदीक्षा आचार्य प्रथम, बेनिघाट रोराङकै चन्द्रोदय माविकी सिर्जना लोहनी द्वितीय, गजुरीको डोलभन्ज्याङ माविकी विनिता घिमिरे तृतीय र नीलकण्ठ नगरपालिकाको धादिङ आवासीय माविकी कृषला श्रेष्ठले सान्त्वना...

लेण्डुप भएर आयौ !

ब्यानर समाचार 2, साहित्य/कला
लेखक - भूमि देवकोटा   ल भन तिमी को हौ !? दशैँ हो कि निर्वाचन कचौरामा दुइटा खुन्टा सितन लिएर आयो । बटारे पानी ग्लासमा भरिएर आयो । जनता जनार्दनको भाउ यसपटक, झन घटेर आयो । नेता हो कि गोठालो छिमेकको कन्नानी समातेर आयो । दर्शन, बिचार, राजनीति गठबन्धने अगेनामा आहुति दिएर आयो । असलमा निर्वाचन छोरी बोकेर आयो, •••, भाइ लिएर आयो । समानुपातिक फेरि श्रीमती भएर आयो । आया राम गया राम भएर आयो । खुलमखुला छाती खोलेर लेण्डुप भएर आयो । बुढो, रोगी त हुँदै हो दलाल भएर आयो । एमसिसि, एसपिपि काँध थापेर आयो । फेरि पनि, दासहरूको फूलमाला भिरेर आयो । देशको मूल धमनीमा सुँड धसेर आयो । बाँकि रेमिटेन्स हसुरेर आयो । जनताको सबै छिनालेर नसा तनतनी पिउँने भएर आयो । यसपटक निर्वाचन झन क्रुर भएर आयो । ठ्याउकेहरू नयाँ कोटरी खोलेर...
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीनको मृत्यु

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीनको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, समाचार
वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा पश्चिम नवलपरासीको  सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । ...