Tuesday, September 1
Shadow

Author: Interview Nepal

खराब व्यक्तिको हातमा सत्ता पुग्दा देश बर्बादीतर्फ जाने : वरिष्ठ नेता पौडेल

खराब व्यक्तिको हातमा सत्ता पुग्दा देश बर्बादीतर्फ जाने : वरिष्ठ नेता पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताउनु भएको छ । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनु भएका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गर्नुभयो । “नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।” उहाँले सत्ता खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फ जाने भएकाले जनता सचेत हुनुपर्ने बताउनुभयो । ...
लसुन सेवनका १० फाइदा :

लसुन सेवनका १० फाइदा :

टिप्स, ब्यानर समाचार 2, स्वास्थ्य
हामी लसुन वर्षौंदेखि खानामा प्रयोग गर्दै आइरहेका छौं  । यसमा भिटामिन बी–6, भिटामिन–सी, फाइबर, प्रोटिन र म्यांगनीज जस्ता पोषक तत्वहरू पाइन्छ । यी हुन् लसुन सेवनका १० फाइदा : -पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ। -लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने। उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने। निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ। यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ। -उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ। यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ। -लसुनमा एलिचिन नामक तत...
आज इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँट

आज इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँट

आर्थिक, ब्यानर समाचार, सेयर मार्केट
इष्टर्न हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो।...
तारकेश्वरको प्रथम त्रैमासिक खर्च २२ करोड १७ लाख

तारकेश्वरको प्रथम त्रैमासिक खर्च २२ करोड १७ लाख

आर्थिक, ब्यानर समाचार 2
तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट रु दुई अर्ब छ करोड रहेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताउनुभयो । “काठमाडौँभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ”, उहाँले भन्नुभयो । ...
प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिनुभयो । उहाँले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँ हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको हो । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बस्नुभएको छ । ...
प्रमुख निर्वाचनका आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

प्रमुख निर्वाचनका आयुक्त र जापानी राजदूतबीच भेटवार्ता

निर्वाचन विशेष, ब्यानर समाचार
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा सो अवसरमा कुराकानी भएको थियो । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो । ...
यी हुन् घिउ सेवनका १० फाइदा :

यी हुन् घिउ सेवनका १० फाइदा :

ब्यानर समाचार 2, स्वास्थ्य
घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्‍याउनुपर्छ । घिउ सेवनका अनेक फाइदाहरू : - घिउले छाला स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ । - कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ । - यसले मुटुलाई स्वस्थ राख्ने कामसमेत गर्छ । - शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । - यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहजता मिल्छ । -घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ । - यसले शरीरमा भिटामिन डी अवशोषित गर्ने वातावरण सिर्जना गर्छ । - घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ । - घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ । -...
आज कुष्माण्डा नवमी पर्व मनाइँदै

आज कुष्माण्डा नवमी पर्व मनाइँदै

ब्यानर समाचार 2
प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने धेरै पुण्य प्राप्त भएर जन्मान्तरसम्म नाश हुँदैन भन्ने विश्वास रहिआएको छ । यो दिन अमलाको बोटमा अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु राम्रो मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा–अर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ । आयुर्वेदिक औषधिका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडीबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक ...
निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचनमा वडास्तरमै मतदाता शिक्षा

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उहाँले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताउनुभयो । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उहाँले बताउनुभयो ।...