Tuesday, September 1
Shadow

Author: Interview Nepal

मतपत्र छपाइ सम्पन्न

मतपत्र छपाइ सम्पन्न

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो । यस निर्वाचनका लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगि कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ...
अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने

अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो । सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो । अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले सङ्कलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ । हालसम्म एक लाख एक सय ५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन् । ...
मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उहाँले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताउनुभयो । “एमाले एक्ललैले बहुमत ल्याउन परेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।” विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उहाँले स्पष्ट गर्नुभयो । “अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ”, उहाँले भन्नुभयो, “०७४ मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आयो ।” उहाँले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताउनुभयो । मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ...
निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन ललितपुरमा नमूना मतदान

निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन ललितपुरमा नमूना मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा धमला घिमिरेले जानकारी दिनुभयो । प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराउनु भयो । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं. ११ मा हुने छ । जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते ...
आज हरि बोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको भीड

आज हरि बोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको भीड

ब्यानर समाचार 2
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उ...
कागती पानी नियमित पिउँदा हुने  १० फाइदा :

कागती पानी नियमित पिउँदा हुने १० फाइदा :

टिप्स, ब्यानर समाचार 2, स्वास्थ्य
 कागती भिटामिन सी को एक राम्रो स्रोत हो। कागतीको नियमित सेवनले  स्वास्थ्य लाभ प्रदान गर्दछ। कागतीको १० वटा  फाइदा जान्नुहोस् जुन तपाईंको स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ : -कागती पानीको नियमित सेवनले  तौल घटाउन मद्दत गर्दछ । -कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो । -कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । -तपाईंको सुन्दरता बढाउन कागती पानी धेरै नै प्रभावकारी हुन्छ। यसले छालालाई फाइदा पुर्‍याउँछ। यसलाई नियमित रूपमा पिउँदा अनुहारमा चमक आउँदछ। -मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । - कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँदछ । -कागती पानीले पाचन क्रियालाइ पनि मजबुत वनाउन सहयोग गर्दछ । -कागतीमा पेक्टिन फाइ...
हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङका लागि मतपत्र ढुवानी

हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङका लागि मतपत्र ढुवानी

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पु¥याइएको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिनुभयो । “आज साढे आठ बजे प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र आइपुगेको छ । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ”, आचार्यले भन्नुभयो । प्रदेशसभा–१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा–२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उहाँले बताउनुभयो । गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल छ...
एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने

एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ । ...
शुक्रबार राष्ट्रपति भण्डारी मुस्ताङ जाने

शुक्रबार राष्ट्रपति भण्डारी मुस्ताङ जाने

ब्यानर समाचार 2, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।” राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताउनुभयो । ...