Wednesday, April 24
Shadow

Tag: छाउपडी प्रथा

छाउपडी प्रथा : कानुनका पाना फेरिए तर प्रथाले गाडेको जरो अझैँ फेरिएन

छाउपडी प्रथा : कानुनका पाना फेरिए तर प्रथाले गाडेको जरो अझैँ फेरिएन

ब्यानर समाचार 2, विचार, समाज
काठमाण्डौँ, पुष ८ सरकारले छाउपडी प्रथा अन्त्यको लागी विभिन्न कार्यक्रम समय समयमा ल्याउने गरेको छ । तर वास्तविक पिडित समक्ष ती कार्यक्रम पुग्न नसकेको स्पस्ट देखिन्छ । पछिल्लो समय छाउपडी जस्ता कुप्रथा मुलुकभर अन्त्य भएको भन्ने भनाइ कतिपय सरकारवाला बाट सुनिन्छ । छाउपडी प्रथा अन्त्यको लागी नाराबाजि र भाषण दिदै आएता पनी सुदुरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा यो प्रथाले गाडेको जरो हटेको छैन । महिनावारी हुँदा घरमा बसे देवता लाग्छ भन्ने अन्धविस्वास शिक्षित वर्गले पनी छोड्न सकेका छैनन । उपत्यकामा बसेर मास्टर तह पढ्दै गरेका कैलाली लम्किका सरोज बजगाई(नाम परिवर्तन) छाउपडी कुप्रथा हो भन्ने थाहा भएर पनी छोड्न नसकेकाे बताउछन, ‘कुप्रथा त हो तर अस्वीकार गर्न सकिएको छैन ।’ उनले भने ‘हिन्दुहरुले मन्दिरमा पुजा गर्नूपर्छ भनिए जस्तै छाउपडीमा गोठ बस्नुपर्छ भन्ने चलन हामिमा दबिएको छ, चाहाना छ तर छोड्न ...